arrow

सामुदायीक भवनलाई रकम

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ १३ सोमबार
syangja-news-1.jpeg
स्याङ्जा। थानपाटा सामुदायीक भवन निर्माणका लागि रकम हस्तान्तरण गरिएको छ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसदका सांसद धनराज गुरुङ्ले संसद विकास कोषबाट छुट्टाइएको रकम हस्तान्तरण गरिएको हो। नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रिय सभापति केदार काफ्लेले थानपाटा सामुदायीक भवन निर्माण समितिका अध्यक्ष टोपली गाहा मगरलाई एक कार्यक्रमका विच रकम हस्तान्तरण गरेका हुन्। महिलाहरुको सक्रियतामा निर्माण गर्न लागिएको उक्त सामुदायीक भवनका लागि नेता गुरुङ्ले ५० हजार रकम प्रदान गरेका थिए। 
 
रकम हस्तान्तरणमा सांसद गुरुङ अनुपस्थित भएपनि वोल्ने बक्ताहरुले गुरुङ् स्याङ्जावासीका विकासप्रेमी नेताका रुपमा चित्रण गर्नुपर्ने बताएका थिए। अधिकांश मगर समुदायका महिलाहरुको सक्रियतामा निर्माण हुनलागेको भवनलाई सांसद गुरुङ्ले पठाएको रकमले थोरै इट्टा थप्ने काम भएको सहभागीहरुको भनाई थियो। रकम हस्तान्तरण गर्दै काँग्रेसका पुर्व क्षेत्रिय सभापति काफ्लेले भवन निर्माण सम्पन्न गर्न सांसद गुरुङ्लाई पहल गरिदिन आग्रह गर्ने बताए। स्याङ्जाका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ, कृषि, खानेपानी, सडक लगायत समाजिक विकासका लागि सांसद गुरुङ्ले गरेको योगदानको चर्चा समेत काफ्लेले गरे।
 
 सांसद गुरुङ्ले सांसद भएपश्चा पाउने भत्ताबाट ग्रामिण क्षेत्रका गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्राबृत्ति समेत प्रदान गर्दै आएका छन्। महिला नेतृ कविता तिवारीले महिलाहरुकै सक्रियतामा निर्माण हुन लागेको सामुदायिक भवनका लागि सांसद गुरुङ्ले सहयोगी हात अगाडी बढाएकोमा गुरुङ् धन्यवादको पात्र बनेको स्मरण गरिन्। दुई तले बन्न लागेको सामुदायीक भवनले यस क्षेत्रका वासिन्दालाई कुनै कार्यक्रम गर्न सजिलो हुने बताइएको छ। स्याङ्जाको थुमपोखरामा बन्न लागेको थानपाटा सामुदायीक भवन निर्माण सम्पन्न गर्न अझै १५ लाख लाग्ने अध्यक्ष टोपली गाहा मगरले बताईन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ