arrow

अमेरिकी विदेशमन्त्री केरी बङ्गलादेशमा

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
kerryjhon.jpg.jpeg
ढाका । अमेरिकी विदेशमन्त्री जोन केरी बङ्गलादेश पुगेका छन् । केरी सोमबार बिहान बङ्गलादेश पुगेका हुन् । बङ्गलादेशका स्थानीय अतिवादीहरुको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा केरीले प्रधानमन्त्री शेख हसिनासँग छलफल गर्नेछन् । 
 
एकदिने यस भ्रमणका क्रममा उनले बङ्गलादेशको नागरिक समाजका प्रतिनिधिहरुसँग पनि छलफल र परामर्श गर्ने कार्यक्रम रहेको बताइएको छ ।
 
बङ्गालेशमा केही समयअघि एक क्याफेमा भएको हमलामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको थियो । सो हमला आइएसको समन्वयमा भएको बताइएको थियो । 
 
सो हमलाप्रति चासो देखाउँदै अमेरिकाले त्यस समयमा पनि आइएसको संलग्नताको आशङ्का गरेको थियो । सो हमलापछि पहिलो पटक विदेशमन्त्री केरीको बङ्गलादेश भ्रमण भएको छ । 
 
सोमबार बिहान अमेरिकी विदेशमन्त्रीले बङ्गलादेशमा अवतरण गर्नुभन्दा केहीमात्र अघि प्रहरीले यहाँको स्थानीय अतिवादी समूह जमातुल मुजाहिद्दिनका दुईजना लडाकू कारबाहीका क्रममा मारिएको जनाएको थियो । 
 
ती दुई जना बङ्गलादेशको क्याफेमा गत महिना भएको हमलाका योजनाकार रहेको प्रहरीले बताउदै आएको थियो । बङ्गलादेश र अमेरिकाको बीचमा बिगत निकै लामो समयदेखि प्रतिआतङ्कवादका साथै सुरक्षाका विषयमा साझेदारी रही आएको छ । 
 
अमेरिकाले बङ्गलादेशलाई सुरक्षा विषयमा सघाउदै आएको छ । त्यस्तै आतङ्कवादको नियन्त्रणका लागि पनि बङ्गलादेशलाई अमेरिकी सहयोग रहेको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ