arrow

नेपालमै पहिलो पटक सूचकाङ्कमा आधारित बाढी बीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
flood insurance.jpg

काठमाडौं । नेपालमै पहिलो पटक अभ्यास गर्न लागिएको  ‘सूचकांकमा आधारित बाढी बीमा’ को प्रदेशस्तरिय कार्याशाला सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र प्राक्टिकल एक्शन, शिखर इन्सुरेन्स तथा स्टोन स्टेपको सहआयोजनामा कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तिलकराम शर्मा , सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा रणबहादुर रावल , प्रदेश सरकारका सचिव, प्रमुख जिल्ला अधिकृत, स्थानीय सरकारका निर्वाचित प्रतिनिधीहरु, अन्य सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा रहेको थियो ।

बाढीबाट निरन्तर प्रभावित हुने समुदायहरुको जोखिम हस्तान्तरण गर्दै साना किसान र सिमान्तकृत समुदायहरुलाई राहत हुने आशा गरिएको यो बीमा नेपालमै पहिलो पटक अभ्यास गर्न लागिएको हो ।

बाढीको निश्चित सूचकांकका आधारमा, वाढीबाट हुनसक्ने सम्भावित क्षतिलाई आधार मानेर गरिने बीमा सूचकांक मा आधारित बाढी बीमा हो। 

सूचकांकमा आधारित वाढी बीमा न्यून आय भएका, बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने साना किसान, जसको जीविकोपार्जनमा बाढीले प्रभाव पार्दछ, ती समुदायका लागि यो बीमा बढी प्रभावकारी हुनेछ । 

यो बीमा नयाँ वैज्ञानिक प्रविधिमा आधारित छ, जसले वाढी आउनु अगावै, विगतका (ऐतिहासिक) नदीको बहाव र वर्षाको जानकारीको आधारमा भविष्यमा आउनसक्ने वाढीको सम्भावित प्रभावको मूल्याङ्कन गर्दछ र मापदण्डको आधारमा सूचकांकहरू निर्धारण गर्दछ। 

यी सूचकांकहरू बीमा कम्पनी, सहकारी र कृषकहरु बीचको सम्झौतामा खुलाईएको हुन्छ र सर्वस्वीकार्य हुन्छ। निश्चित मापदण्डको आधारमा तोकिएको सूचकांकहरू पूरा हुने बित्तिकै बीमा गरिएको रकम बैँक मार्फत भुक्तानी गरिन्छ। 

त्यसैले सूचकांकमा आधारित बाढी बीमा अन्य बीमा भन्दा बढी विश्वासिलो, भरपर्दो र सबैको पहुँचयोग्य हुने ठानिएको छ ।

कार्यक्रममा आयोजकहरुलाई धन्यवाद व्यक्त गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तिलकराम शर्माले यो बीमा नेपालमै पहिलोपटक अभ्यास गर्न लागिएका हुनाले सबै पक्षको सहायताको एकदमै जरुरत रहेकाे र त्यसकारण पनि विपद् व्यवस्थापनमा लागेका विभिन्न साझेदारका सल्लाह र सुझावले यस बीमालाई सफलता दिन ठूलो योगदान गर्ने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ