arrow

सडकपेटीबाट ४०० जनाको उद्धार, १२५ लाई पुनर्मिलन

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
help.jpeg
रत्ननगर । सडकमा बेवारिसे भई कष्टकर जीवन जिउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रमले सडकपेटीबाट ४०० जनाको उद्धार गरेको छ । 
 
चार वर्षको अन्तरालमा उनीहरुमध्ये १२५ जनामा उपचारपश्चात ठीक बनाएर परिवारमा पुनर्मिलन गराएको आश्रम चितवनकी अभियन्ता रुपा केसीले जानकारी दिइन् । 
 
चितवन, काठमाडौँ र हेटौँडामा रहेको आश्रमले यसरी उद्धार गरी परिवारमा मिलन गराएको केसीले बताइन् । 
मंगलबारदेखि पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आश्रमले यस्तो जानकारी गराएको हो । 
 
तीन जिल्लामा गरी अहिले १५० जनाले सेवा पाइरहेको उनले जानकारी दिइन् । चितवनका कृष्ण ज्ञवालीले अहिले आफ्नो जीवन परिवर्तन भएकोमा खुसी व्यक्त गर्दै अब यस्तै असहायको सेवामा आफू खटिने बताए ।
 
२०६६ सालदेखि सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन संस्थाले साँचो जीवन निर्माण अभियान सञ्चालन गरेको थियो । 
यसैलाई टेकेर २०६९ सालमा आश्रम स्थापना भएको थियो । 
 
सडक–किनारामा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा विक्षिप्त भएकालाई आश्रमले उद्धार गरी उपचार तथा पालनपोषण गर्दै आएको छ । 
 
अहिले मकवानपुरमा २०० जना बस्न मिल्ने करिब रु चार करोड ५० लाखको लागतमा मानवसेवा आश्रमको भवन निर्माण कार्य जारी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विदेशमा बस्ने नेपाली र नेपालमै रहेका सहयोगीबाट आश्रम सञ्चालित छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ