arrow

तरूण दलको नेतृत्व मैले नै सम्हाल्नेछु –लक्ष्मी खतिवडा

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
laxmi-khatiwad.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको यही भदौ २४ देखि २६ गतेसम्म पोखरामा चौथो महाधिवेशन हुँदैछ । ६ महिनाभित्र निर्वाचन गर्न आदेश दिएको साढे चार वर्षसम्म पनि चुनाव हुन नसकेको अवस्थामा तदर्थ समितिका कसैले पनि चुनाव लड्न नपाउने भनिए पनि सदस्य लक्ष्मी खतिवडा भने पार्टीले तत्कालीन अवस्थामा लगाएको नियम फुकुवा गर्ने र आफू चुनाव लडेर तरूण दलकै नेतृत्व सम्हाल्नेमा ढुक्क छिन्। 
 
उनले हाम्राकुरासँग भनिन्, ‘पार्टीले त्यतिबेला ६ महिनाभित्र चुनाव गर्न भने पनि पहिलो बैठक नै ६ महिनामा बसेको थियो, तसर्थ अहिले पनि त्यही नियम बनाएर हुँदैन पार्टीले यो प्रतिवन्ध फुकुवा गर्छ भन्ने विश्वास छ । 
 
उनले अगाडि भनिन्, ‘आज (मंगलबार बिहान) मात्र महाधिवेशन निर्देशन समितिका संयोजक बालकृष्ण जीसंग पनि भेट गरेकी छु, उहाँले तपाई अगाडि बढ्नुस् भन्नु भएको छ, उहाँले अगाडि बढ्नुस् भन्नुको मतलव हामीले चुनाव लड्न पाउँछौं भन्ने हो, मैले त आजैदेखि आफ्नो अभियान थालिसकेकी छु ।’ उनले ‘अहिले स्वभाविक चर्चामा म भएकीले चुनाव जित्छु भन्नेमा विश्वस्त छु’ भनिन् । खतिवडाले ‘हामीले काम गरेका छौं भने त्यसको कदर पनि हुनुपर्छ’ भनिन् । 
 
अध्यक्ष उदयशमशेर जवरा रहेको संस्थापन पक्षले घोटाला गरिरहेको आरोपसमेत लगाइन् । उनले भनिन्, ‘भित्रको संस्थापन पक्षले एकलौटी ढङ्गले अधिवेशन गराइरहेको छ, आफ्नामात्र प्रतिनिधि पारेको छ, उनीहरु बलियो भएका ठाउँमा धेरै घोटाला गरेका छन्, यो राम्रो संकेत हैन, तैपनि हामी डटेर सामना गर्छौं ।’ उनले पार्टीका नेताहरु र तरूण दल अध्यक्ष जवराले नचाहेरै अहिलेसम्म तरूण दलको चुनाव हुन नसकेको आरोपसमेत लगाएकी छिन् ।
 
लक्ष्मी खतिवडाले यदि पार्टीले तदर्थ समितिका कसैलाई पनि चुनावमा उठ्न नदिने बताए स्वभाविक ठान्दै महाधिवेशन भने सम्पन्न गर्ने बताइन् । खतिवडा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् ।  नेविसंघको तदर्थ समितिका पदाधिकारीले भने चुनावमा उम्मेदवारी दिन पाएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ