arrow

उद्योगमन्त्री जोशी र जापानी राजदूत ओगावाबीच भेट

लगानी र प्रविधिमा सहयोग गर्न जापान तयार

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
mantrisnabindra.jpeg
काठमाडौं। उद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा नेपाली उद्योग क्षेत्रमा जापानी लगानी,प्रविधि र सीप विस्तार गर्ने विषयमा छलफल भएको हो । 
 
भेटका क्रममा मन्त्री जोशीलाई बधाई दिदैं राजदूत ओगावाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । राजदूत ओगावाले जापान र नेपालबीच ६० वर्षदेखिे कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपालमा औद्योगिक विकास गर्न आवश्यक सहयोगका लागि जापान सरकार तयार रहेको बताए । ओगावाले जापानले पनि विषम परिस्थितिको सामना गर्दै संघर्ष गरेर विकास हासिल गरेको भन्दै नेपालले पनि विस्तारै विकासको गति लिने विश्वास व्यक्त गरे ।  
 
सो  क्रममा उदोगमन्त्री जोशीले नेपाल र जापानबीचको सम्बन्ध विशिष्ट र मित्रवत रहेको भन्दै नेपालको विकासमा जापानी सहयोगको प्रसंशा गरे । ‘जापानले नेपालको विकासमा गरेको योगदान महत्वपूर्ण छ । अबका दिनमा पनि जापान सरकारको सहयोग अपेक्षित छ ।’, मन्त्री जोशीले भेटका क्रममा भने । उनले उद्योग मन्त्रालयको मुख्य उद्देश्य औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउँदै त्यसका लगानी र प्रविधिमा विशेष सहयोग गर्न जापान सरकारलाई आग्रह गरे  । 
 
मन्त्री जोशी नेपाली जनतालाई विकासको अनूभूति गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताए । सो क्रममा राजदूत ओगावाले भदौ १६ गते नेपाल र जापानबीच कुटनीतिक सम्बन्त्र स्थापना भएको ६० वर्ष पुगेको अवसरमा जापानी विदेश राज्यमन्त्रीले गर्नुहुने ३ दिने भ्रमणका बारेमा पनि जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ