arrow

आहा सञ्चार पत्रकारिता पुरस्कार दाहाललाई

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
Journalist-Step-5.jpg.jpeg
रुकुम। आहा सञ्चार पत्रकारिता पुरस्कार २०७३ रुकुमका क्रियासिल पत्रकार धनबिर दाहाललाई प्रदान गरिने भएको छ। आहा सञ्चार साप्ताहिक रुकुमले आज एक बिज्ञप्ती प्रकाशित गरि यस बर्षको आहा सञ्चार पत्रकारिता पुरस्कार दाहाललाई प्रदान गर्ने घोषणा गरेको हो। 
 
पत्रिकाका प्रकाशक सम्पादक मेगराज खड्काद्धारा हस्ताक्षर गरिएको आहा बिज्ञप्तीमा रुकुमबाट प्रकाशित अग्रणी र प्रभावशाली छापा माध्यामको रुपमा आफ्नो स्थान स्थापित गरेको आहा सञ्चार साप्ताहिकले हरेक बर्ष जिल्लामा शसक्त, प्रभावकारी, निरन्तर र उत्कृष्ठ पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको बताईएको छ। पुरस्कार राशी ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। 
 
पत्रकार दाहाल रुकुमबाट नेपाल टेलिभिजन र नेपाल समाचारपत्रमा काम गर्दछन्। जिल्लामा हुने एक औपचारिक कार्यक्रमका बिच पुरस्कार बितरण गरिने बताईएको छ। आहा सञ्चार साप्ताहिक रुकुममा हालसम्म प्रकाशनमा भएका पत्रिकाहरुभन्दा सबैभन्दा ठुलो साईज र आठ पृष्ठमा समेत प्रकाशन शुरु भएको छ। आहा सञ्चार पत्रिकाहरुलाई अझै जनताको सूचना अधिकारको साथी बनाउने प्रतिबद्धता समेत प्रकाशक खड्काले ब्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ