arrow

नगर भित्रकै सडकको कन्तविजोग, दलका पार्टी कार्यालय अगाडि नै भ्वाँङ

ठेकेदार र उपभोक्ता समितिको लापर्वाहीले सडक विग्रियो : नगरपालिका

logo
प्रकाश बम,
प्रकाशित २०७३ भदौ १४ मंगलबार
Doti-new-photo.jpeg
सिलगढी। डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै गएको छ। सदरमुकामको मूल आवत–जावत गर्ने सडकको दुरावस्थाबारे सम्बन्धित निकाय भने मौन रहेकामा स्थानीयले आपत्ति जनाएका छन्।
 
सो सडकमा अहिले सवारी साधन त परै जाओस् मान्छेलाई समेत ओहोर–दोहोरमा समस्या भएको सिलगढीका सन्तोष बहादुर सिँहले बताए । जिल्लाको समग्र विकासका लागि बरदारी गर्ने राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सोही कन्तविजोग भएको बाटो नै हिँड्छन् । राजनीतिक दलकै पार्टी कार्यालय अगाडि सडकमा भ्वाँङ परेका छन्। जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय तथा नगरपालिकाको कार्यालयमा समेत यही छ, तर सडक विग्रिएकोबारे कसैको  ध्यान गएको छैन। 
 
विगत लामो समय देखि सिलगढीको मूल सडक जीर्ण बनेको छ। मर्मत तथा स्तरोन्नतीमा कसैले चासो नदेखाएको दिपायल सिलगढी नगरपालिका –१ मा त्रिवेणी होटल संचालन गर्दै आएका निरज बोहराले बताए। उनले भने, ‘सडक बिग्रिएकाले सवारीसाधन ओहोर–दोहोर गर्न समस्या छ, त्यसैले अहिले ग्राहक आउनै छाडेका छन्।’ व्यापार सुक्दै गएको छ। 
 
सडकमा जता ततै आल्डा खुल्डी परेका छन्। जहाँ पैदल हिड्नै समस्या भइरहेको छ । बाहिबाट आउने पाउनाले स्थानीय प्रशासन र नागरिकको खिसी गर्दछन्। प्रसिद्ध मन्दिर शैलेश्वरी देखि नाचन्थली सम्मको सडकको कन्तविजोग भएको छ ।  खानेपानीका पाइप सडकमै विच्छ्याएकाले समेत सडकको बेहाल भएको बताइन्छ। 
 
घरको धारामा पानि नआए उपभोक्ताले सडक खन्ने तर, त्यो ठाउँमा मर्मत नहुनुले बजार नै कुरुप भएको छ । बाहिरबाट आउने पाहुनाले बजारको मूल सडकमै सवारी छोडेर गन्तव्यमा हिँड्दै जानु पर्ने र दुर्घटनाको शिकार बन्नु पर्ने अवस्था सिर्जना भएको छ । 
 
बाटोघाटो निर्माणको जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख रमेश चन्द्र जोशीले सयौँ पटक बाटो मर्मत गरे पनि ठेकेदार र उपभोक्ता समितिको लापर्वाहीका कारण यस्तो अवस्था सिर्जना भएको बताए । 
 
मर्मतका लागि सदरमुकामको सडकमा धेरै खर्च भै सक्यो तर गुणस्तर आउन सकेन, उनले भने, ‘गतिलो काम हुन नसकेकोप्रति मलाई साह्रै दुःख लागेको छ । एकै ठाउँमा सयौं पटक काम कति गर्ने अरु ठाउँमा पनि सडक मर्मत गर्नु पर्छ ।’ तर, स्टिमेट बनाउने काम अघि बढिसकेको र कार्यकारी अधिकृत आएपछि लगत्तै काम थाल्ने समेत निमिक्त प्रमुख जोशीले बताए ।
 
सदरमुकामको सोही बाटो भएर पर्यटकहरु डोटीको प्रसिद्ध मन्दिर शैलेश्वरी र खप्तड घुम्नका आउने गर्दछन् । दिनहुँ सबैको नजर पर्ने सडकको दुरावस्थाले नगरबासीलाई लज्जित बनाएको छ । अर्को अर्थमा नगर भनेको शहर भन्ने बुझिन्छ । तर, यहाँ नगरभित्रै विकासको हविगत ग्रामीण भेक भन्दा कमजोर देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ