arrow

मोर्चा र दलको वार्ता राजनीतिक मुद्धामा केन्द्रित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1611220817.jpeg
काठमाडौं । तीन दल र मधेसी मोर्चाबीचको औपचारिक वार्ताको दोस्रो दिन राजनीतिक मुद्धामा केन्द्रित भएको छ । मोर्चाले २७ वटा बुँदासहितको माग तीन दलको वार्ता टोलीसमक्ष प्रस्तुत गरेको छ । मोर्चाले संविधानका बिभिन्न धाराका ३७ ठाउँमा संशोधन हुनुपर्ने माग राखेको छ ।

निर्वाचन क्षेत्र निर्धारण जनसंख्याका आधारमा हुनुपर्ने, अंगीकृत नागरिकले पनि देशका संवैधानिक पदमा नियुक्त हुन पाउनुपर्नेलगायतका माग मोर्चाले राखेको छ । मोर्चाले झापादेखि चितवनसम्म एक प्रदेश र नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को प्रदेश गरी तराईमा दुई प्रदेश हुनुपर्ने माग पनि अघि सारेको छ ।

तीन दलको वार्ता टोलीले समिांकनको मुद्धा संघीय आयोगमार्फत पुरा हुने जनाए पछि मधेशी मोर्चाले त्यसमा असहमति जनाएको छ ।

वार्तामा तीन दल तथा सरकारको तर्फबाट वनमन्त्री महेश आचार्य, एमाले नेता अग्नि खरेल र एमाओवादी नेता नारायणकाजी श्रेष्ठ छन् भने मोर्चाको तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, लालबाबु राउत र राम नरेश राय सहभागी छन् । वार्ता सिंहदरबारस्थित संसदीय राज्य व्यवस्था समितिको हलमा भईरहकेो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ