arrow

‘मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
jiwanbahadur-shahi-2.jpeg
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् ।
 
पर्यटन सेवा सङ्घका अध्यक्ष राकेश धमलाको नेतृत्वमा सिंहदरबारमा गएको प्रतिनधिमण्डलसँगको छलफलमा मन्त्री शाहीले विभिन्न किसिमका सहुलियत उपलब्ध गराएर देशमा पर्यटकलाई आकर्षित गर्न व्यवसायीलाई आग्रह गरे ।
 
 उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पादन हुने फोहरलाई छिटो छरितो व्यवस्थापन गरी सफा राख्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी रमेश धमलाले पर्यटन व्यवसायमा विद्यमान समस्यालाई न्यूनीकरण गरी मर्यादित बनाउनुपर्ने सुझाव दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ