arrow

नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
supreme-court.jpeg
काठमाडौं । सर्वोच्च अदालतले राजदूत सिफारिसको निर्णय फिर्ता लिने गरी सरकारले चालेको कदमको पक्षमा निर्णय दिएको छ। सर्वोच्चको यो निर्णयसँगै नयाँ राजदूत सिफारिस प्रक्रिया अघि बढाउन सरकारलाई सहज भएको छ ।
 
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अघिल्लो सरकारद्वारा सिफारिस राजदूतको स्थानमा अर्को सिफारिस नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले खारेज गरिदिएको छ।
 
सर्वोच्चले राजदूत सिफारिसको विषय राज्यको कार्यपालिकाको नीति र निर्देशनमा रही काम गर्नुपर्ने प्रकृतिको रहेको भन्दै यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो। (अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ