भोटदेखी बटौलीसम्मको नुन बोकेकी हजुरआमा

तारक प्रतिभा। प्रकाशित मिति : २०७३ भदौ २१ मंगलबार , ३,३५४ पटक हेरिएको
मध्य पहाडको रुकुम स्थित स्यालापाखा भन्ने गाँउमा जन्मनु भएको रे हाम्रो दिवंगत हजुरआमा। तत्कालीन ग्रामिण जीबनशैली कति सहज थियो होला अनुमानकै भरमा धेरै बुझन कठिन हुदैन। मेलापात र गाईगोठमा अधिकांस बाल्यअवस्था बिताउनु भएको थियो। हजुरबासंग बिहे पश्चात छोरा छोरीको लालनपालनको लागी हजुरआमाले निकै कठिन दुख र संघर्ष गर्नुभएको हामीहरुले नी देख्न, भोग्न र अनुभुत गर्न पाएका थियौ । निडर,निर्भिक र गलत कुरा सहनै नसक्ने उहाको स्वभाव थियो जुनकुरा मलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो कुनैपनी कुरामा हार नखाएस र अर्काको मुखको गाली र चोट खाएर मेरो सामु नआउनु। 
 
८१ बर्षको बृद्ध उमेरमा पनी अत्यन्तै जागरिली, कडा मिजास, खानपान, सरसफाई, स्वास्थ्य र धार्मिक संस्कार र परम्परामा असाध्य ख्याल राख्ने हजुरआमा हाम्रो सबै नाता कुटुम्बको एकमात्र आस्था र विश्वासको धरोहर हुनुहुन्थ्यो। छोरा नाति र सन्ततिलाई दुख नहोस भनेर प्रशस्त जमिन र पशु चौपाया जोडनु भएको तत्कालीन समयमा लेक, बेशी चरण क्षेत्र जहा भएनी सन्ततिको लागी जोगाईदिनुपर्छ भनेर सदैव लागिपरेको । हजुरबाको दमको रोगका कारण स्वर्गबास भएपछिका २१ बर्ष उहाँले एउटा रेडियोको सहारामा एक्लै बसेर ब्यतित गर्नुभयो। रेडियो उहाँको सबैभन्दा नजिकको साथी र आफन्त थियो । उहाकै इच्छा र चाहानामा उहा अंकलको घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो । हजुरबाको स्वर्गबास पछि एकदिन पनि ओछयान पर्नु भएन र अर्को जनाले खाना पकाईदिनुपनी परेको थिएन । बाल्यअवस्थादेखी हजुरआमासंग संगै बस्न भने पाएनौ हामीहरुले । कारण हजुरआमा बस्ने मुलघर र हाम्रो घर एक घण्टाको दुरीमा थियो तर उहाँले परिवारप्रतिको अभिभावकिय चासो र दायित्वलाई कहिल्यै कमी गर्नु भएन ।
 
उकालो ओरालो हिडन, घुमघाम र गर्न र आफन्तजनहरु भेटघाट गर्न औधी मनपराउने हजुरआमा सातामा एक पटक हाम्रो घरमा आउने सल्लाह, चासो र चिन्ता व्यक्त गर्ने गर्नुहुन्थ्यो । अनी हामी साझको बेला हजुरआमालाई आपना बाल्यकाल र जीबनका भोगाई र कथा भन्न करै लगाउथ्यौ । अनी हजुरआमा हामीहरुलाई विभिन्न कथा र जीबनका भोगाईहरु रोमाञ्चक ढंगले सुनाउने गर्नुहुन्थ्यो जुन अव संझनामामात्र सिमित भएर मधुरो प्रकाश झै बनेर गए । खासगरी खेतिपाति लगाउने, उठाउने र चाडवाडको समयमा हजुरआमाको घर परिवारप्रति बिषेश चासो राख्ने गर्नुहुन्थ्यो । भोटमा नुन लिन गएको समयमा बाघ बस्ने ओडारमा आफुहरु बसेपछि बाघ आएर चुपचाप फर्केको, जंगलमा झारपात पकाएर खाएको, भोकमरीको कारण तीन दिनमा एकछाक मात्र मकैको च्याख्ला खाएको र बुवालाई पढाउनको लागी नेपालगञ्ज र बटौली हालको बुटवलसम्म टिनको बाकसमा घिउ बेचेको कुरा हामीहरुलाई बारम्बार सुनाउनुहुन्थ्यो । 
 
आफु जहा जुन ठाँउमा गएपनि रेडियो भिरेर जाने मेरी हजुरआमा रेडियोमा बज्ने विभिन्न कार्यक्रमहरुमा हामीहरुका नाम बजेको सुन्दा संसारै जितेको ठान्नुहुन्थ्यो । रेडियो, रेडियोमा बज्ने विभिन्न कार्यक्रम,गित संगित र समाचार अत्यन्त चाखपुर्वक सुन्ने र जानकारी राख्ने गर्नुहुन्थ्यो। हजुरबाको निधन पश्चात दुईओटा चिज उहाको लागी अनिवार्य थिए रेडियो र चस्मा । आँखामा समस्या देखिएपछि हजुरआमाले चस्मा प्रयोग गर्नुभएको पनि दुई दशक नै बितेको छ । चस्मा र रेडियोमा केही समस्या आए हजुरआमा सिधै मलाई नै भन्ने गर्नुहुन्थ्यो । एकपटक पहिलेदेखी प्रयोग गरेको चस्मा बिग्रिपछि मैले लिईदिएको चस्मा प्रयोग गरिरहेकै बखत हामीबाट टाढा जानुभएको छ । जुनकुरा मेरो जीन्दगीभर घोचीरहने अतित भएको छ । अस्ति हजुरआमाको स्वास्थ्यमा समस्या देखिएपछि मेरो आमासंग नाति कँहा छ घर आँउदा मलाई चस्मा ल्याइदिने भनेस भनेर भन्नु भएको रे ।.
 
जतिबेला म संगठनको कामको शिलसिलामा सुर्खेततर्फ गईरहेको थिए । हजुरआमालाई बिरामीले च्याप्दै लिएको बखत प्यारो भाई धुव्रराजले गराई दिएको फोन सम्र्पक नै मेरो ममतामयी हजुरआमा संगको अन्तिम बोली भयो । बिवशताले मेरो सृष्टिकर्ता हजुरआमाको मुख अन्तिमपटक हेर्न नपाउँदा मन थामिन सकेको छैन । सम्हालिन खोज्छु हजार पटक तर मेरो आस्थाको धरोहर परिवारको खम्बा हजुरआमासंगका तिनै पलहरुले पराकम्प ल्याईदिदा मन बसमा राख्न सकेको छैन । हजुरआमाको कडा स्वभाव र गलत कुरा सहेर बस्न नसक्ने र जाँगरिलो स्वभावले मलाई बच्चैमा प्रभावित पारेको हो । त्यही कारण नी हुन सक्छ म घरदेखी कही कतै निस्कदा मेरो हजुरआमालाई घरबाट निस्कदा होस या घर फर्कदा अवश्य भेटने गरेको थिए । उप्रान्त म त्यहा पुग्दैगर्दा हजुरको त्यो थातथलो सुनसानमात्र होइन अक्सरै अंकल र आफन्तजनहरुसंग भेटघाटको बाटो बाहेक हजुरको त्यो पितृवात्सल्यका लागी मलाई जान मन पनि कँहा मान्ला र ।
 
कतै टाढाबाट आँउदैगर्दा भोकले लखतरान परेको बखत स्यानीदहदेखी मेरो पाईला हजुरको तर्फ मोडिन्थ्यो हजुरको भान्सामा पुग्दा नपुग्दै अगेनोमा मगमग बसाउदै पाक्दै गरेको स्थानीय धानको भात बाहेक रोटी खुवाउनुभएको मधुरो सम्झना समेत छैन म संग । आफनै लागी पकाएको खाना म पुगेको खुसिमा त लाई पारी देखेर पकाएको नी मैले त भर्खरै खाईसकेको थिए भनेर आफु भोकै बसेको कुरा पनी मैले बुझेकै हुन्थ्य यसरी हामीहरुलाई खुवाउन पाउदा आप्नो भोकै मोटिदो रैछ अभिभावकहरुको भन्ने बुझन चै अलि समय लागेकै हो । स्यार्पुदह र बाँफिकोट पढेर फर्कदा भोकले सताउदा साथीहरु सहित गएर हजुरलाई घुर्काएर खाएको सम्झनाको मझेरीमै रह्यो । म स्कुल जान सुरु नर्गदै ओखे्रनीको भिरालो खरबारीमा घास काटन गएकोबेला लेकमा बस्तुभाउ लिएर जादा भएको र भोग्नुपरेको सास्तीबारे अब मलाई कसले बताउने ....सबै यस्ता कुराहरु सम्झदै गर्दा सुर बेसुर भैदिएको छु । ओर्खेनीबाट पारीतिर देखाउदै त्यो बन फलानो गाँउको त्यो फलानो गाँउको र ठुली फुपुले भैसी गोठमा गर्नुभएको दुख  र बुवाले गोठमा सरसमान पुराउन गएका कुराले मेरो मनलाई थप पुराना कुराहरु सोध्न उत्प्रेरित गरेको ।
 
बुवा विस्थापित भएर सदरमुकाम बस्ने क्रममा सामाजिक सुरक्षा भत्ता –बृद्धा भत्ता) बुझने बहाना बनाएर बुवालाई भेटन गएको बखत मलाई भोकायो होला भनेर क्षण क्षण केरा,काँक्रो र पल्हम किनेर खुवाएको क्षण कहिले भुल्न सकुला र अनी चाडवाडको मौसम नजिकिदै गर्दा भएको हजुरको असामयिक निधनले हामीहरुलाई झन कति पिरोलीरहेको छ । चाडवाड र चाडवाडको खान्कीको सौखिन हजुरको अनुपस्थितिमा हामा्र अवका चाडवाडहरु रंगहिन र फिक्का अवश्य हुनेछन । जसले हजुरको सम्झनामा पलपल झस्काई रहने छन सम्झाई रहने छन । दशैमा हजुरको आगमनपछिमात्र रमाईलो र भरिभराउ हुने हाम्रो जमघट अव ईतिहाँसमात्र बन्ने छ । हजुर बडामावलीमा टिका लगाएर आएपछिमात्र सुरु हुने हाम्रो तिहार । त्यस्तै कार्तिक शुक्ल पुर्णिमाकोबेला हजुरले पुजापाठ गर्ने दुदिलाचौरको त्यो मन्दिर त्यो आसन सुनशान र हुने नै भयो र हजुरको बैकुण्ठबास भएको जानकारी नपाएका श्रद्धालुभक्तजनहरुले सम्झन छुटाउने छैनन हजुरलाई । ति बुढी आमै किन आएनछन यसपाला कतै बिरामी त परिनन । ज जसलाई हजुर आफुसंग भएको न्यानो कपडा पानी र धानको सिरौला,रोटी  र अचार  आफुसंग भएको नसकिदासम्म दिईरहनुहुन्थ्यो । गाँउघरमा हुने धार्मिक अनुष्ठान,सप्ताह,पुजापाठ,बिवाह होस या दुख र पिडाका पलहरु एहा अन्र्तमनले सहयोग गर्न कत्ति पछि नपर्ने । धर्मप्रति उहाको चासो र लगावकै कारण उक्त कार्यमा प्रयोग हुने सामाग्रीको लागी सुरुमै हजुरलाई खोज्दै आउने आफन्तजनहरु पक्कै हजुरले छोडेर गएको सुनसान घरमा आउने छैनन । हामीहरुको सुरक्षा,रेखदेख र संरक्षणमा हजुरआमा मनले चाहेको ठाउ घुम्ने,खाने र यो उमेरमा पनी सफा र स्वस्थकर हुनुहुन्थ्यो ।हाम्रो परिवारको सबैभन्दा जेष्ठ सदस्य ममतामयी पुजनीय हजुरआमा पबित्रा के.सी अब हामीमाझ रहनु भएन सधै सधैका लागी माथी जानु भएको छ । उहाको महाप्रस्थान भएको छ। 
 
कुनै कुरामा बादबिवाद भएको पक्षलाई सिधा नजरले कुरा गर्न नदिने हाम्रो हजुरआमाले विगत शसस्त्र द्धन्दकालमा बुवा बिस्थापित भएर बस्दाका बखत बेलाबेला घरमा आएर धम्की दिनखोज्ने माओवादीहरुलाई घरको आगनसम्म पस्न दिनुभएन। खानपानमा बिषेश ख्याल राखेकै कारण स्वर्गबास हुदाको दिनसम्म कुनै लामो र असाध्य रोगबाट एकदिनपनी थला नपरेकी हाम्रो हजुरआमालाई यसपाली नजानिदो कष्टले हामीमाझबाट सदाको लागी चुडेर लिएको छ । मृत्यु शास्वत सत्य हो । कुनै पनि जीव जीबात्मा जन्मदानै मृत्यु स्विकार गरी मृत्युसंग सहज सम्झौता गरेर नै आएको हुन्छ तर जसरी कान्छो छोरा र हामी नाति नातिकाहरुलाई अन्तिम पटक मुख नै देख्न नपाएर टाढाको यात्रामा लिन हुनुभयो । हजुरको बैकुण्ठ बास होस । हजुरको सम्मान हुनेगरी हजुरलाई जीबनकालभरी सम्झने गरी हजुरको सम्मान, सम्झना श्रद्धा सबैले गर्नेगरी केही काम गर्ने छौ । पुनः हजुरप्रति हार्दिक श्रद्धाञ्जली । अस्तु।
नयाँ