arrow

८० का भए अमिताभ, दुई पटक मनाउछन् जन्मदिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
rekha-amitab.png

काठमाडौं । भारतीय मेगास्टार अमिताभ बच्चन ८० वर्षका भएका छन् । सात हिन्दुस्तानीबाट सुरु भएको अमिताभको फिल्मी यात्रा ब्रह्मास्त्र र गुडबायसम्म जारी छ । ४–५ फिल्म रिलिजको लाइनमा छन् । जीवनको आठौं दशकमा अमिताभ युवा उमेरका स्टार जस्तै सक्रिय छन् ।

अमिताभलाई गम्भीर रोगहरूको संक्रमण छ । उनको कलेजो ७५ प्रतिशत काम नगर्ने भएको छ । उनि २५ प्रतिशत कलेजोले जीवित छन् । योभन्दा पहिले उनले मृत्युलाई जितेर नयाँ जीवन प्राप्त गरेका थिए । त्यसैले अगस्त २ लाई उनको दोस्रो जन्मदिन मानिन्छ। अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले पनि एकपटक भनेका थिए कि २ अगस्तमा डाक्टरहरूले बुवालाई नयाँ जीवन दिए, त्यसैले यो दिन उनको दोस्रो जन्मदिन हो।

सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभसँग एउटा घटना घटेको थियो जसले उनको ज्यान झन्डै गुमेको थियो । बंगलोरमा फिल्मको सुटिङ्ग भइरहेको थियो। सेटमा फाइट सिनको बेला खलनायकको दमदार मुक्का अमिताभको पेटमा लाग्यो र उनि स्टिलको टेबलमा बजारिए । यसबाट उनको पेटमा गहिरो चोट लागेको थियो ।

यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए ।

यस अवधिमा, अमिताभ बच्चनले अस्पतालमा लामो लडाई लडे । उनलाई सो समय डाक्टरहरूले क्लीनिकली डेड घोषित गरेका थिए । तर अमिताभले अस्पतालमा लगभग २ महिना बिताएपछि ठिक भए । संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए ।

अमिताभ बच्चन स्वस्थ भएर घर फर्किदा दर्शकहरु सडकमा थिए । मुम्बईका सडकहरू उनका पोस्टरहरूले भरिएको थियो । उनका लागि मानिसहरूले पूजा हवन समेत गराएका थिए। मानिसहरूको भीड उनको घरमा उनलाई पर्खिरहेका थिए। घर पुगेपछि उनले हात हल्लाएर आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए ।

अमिताभ बच्चन आफैले कलेजोको ७५ प्रतिशत प्रतिशत बिग्रेको र २५ प्रतिशत कलेजोको साथ मात्र जीवन बिताइरहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ