arrow

बाजुरामा असुरक्षित गर्भपतन गर्नेको संख्या बढ्यो

logo
प्रेम रौले,
प्रकाशित २०७३ भदौ २६ आइतबार
Abortion.jpg.jpeg
बाजुरा । दुर्गम पहाडी जिल्ला बाजुरामा स्वास्थ्य सेवाको पहुच नहुदा स्थानियहरुले सास्ती भाग्नु परेको छ । स्वास्थ्य संस्था पुग्नका लागि २ /३ घण्टाको पदैल यात्रा हिड्नुपर्ने बमध्यता कायमै रहेको छ । दुर्गम गाविसमा रहेका स्थानियहरु अशिक्षा र अज्ञानताका कारण गर्दा स्वास्थ्यकर्मीको सल्लाह विना नै असुरक्षित गर्भपतन गर्न थालेका छन् ।
 
बाजुरा जिल्लामाका महिलाहरुले असुरक्षित गर्भपतन गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको पछिल्लो समयमा लोग्ने स्वास्नीको मिलोमतोमा औषधी किनेर खाने गरेको पाइएको कार्यालय  प्रमुख डाक्टर मोहन नाथले बताए ।
 
जिल्लाका कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय बाजुरालाइ सुरक्षित गर्भपपतनका लागि अनुमती भए पनि तालिम प्राप्त स्वास्थ्यकर्मी नहुदा असुरक्षित रुपमा गर्भपतन गरेको खुलासा हुदै आएको डाक्टर नाथ बताउछन् । उनले भने,जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ६ महिना यता तालिम प्राप्त स्वास्थ्यकर्मी र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा १ वर्ष देखि स्वास्थ्यकर्मी छैनन् । 
 
डाक्टर नाथका अनुसार बाजुराबाट सुरक्षित गर्भपतन गराउने २६ देखि २७ जना रहेका छन् भने  असुरक्षित रुपमा गर्भपतन गराउने प्रत्येक महिनाको हप्तामा ३ जनाले रहेका छन् ।  अशिक्षा अज्ञानताका कारण स्वास्थ्य संस्था टाढा हुनु र नजिकै रहेका मेडिकलबाट औषधी प्रयोग गर्दा महिलालाइ झन् समस्या हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सिअहेव टेक बहादुर खड्का बताउछन् ।
 
 असुरक्षित गर्भपतन गर्दा शरिरमा रहेको रगत बगेर जाने खतरा बढ्ने खड्का बताउछन् । उनले गर्भपतन गराउने इच्छा भएमा नजिकै रहेको स्वास्थ्य संस्था र महलिा स्वयमसेविकाहरु संग परामर्श लिइ गराउनु उपयुक्त भएको बताए । उनले असुरक्षित गर्भपतन गर्दा रगत बढी बग्ने,क्यासर हुनसक्ने र अन्य रोगहरुले छिट्टै आक्रमण गरी मृत्यु हुन सक्ने संभावना बढी रहेको बताए ।
 
 
बाजुरा वर्षेनी ९६ जना महिलाहरुले असुरक्षित गर्भपतन गराउदै आएको पाइएको छ । कतिपय दुबैको सहमतीमा हुने गरेका छन् भने कतिपय एकल निर्णयमा हुने गरेका छन् । असुरक्षित गर्भपतन गराउनु गैरकानुनी भएकाले यसलाइ रोक्न सबैले लाग्नुपर्ने जिलला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ