arrow

ति होनहार ओलम्पिक खेलाडी : जसको नाममा स्वर्ण नै ४१ वटा, तर दृष्टीविहिन

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
tressi-new.jpeg
एजेन्सी । अमेरिकी पौडीबाज माइकल फ्लेप्स ओलम्पिकको सर्वाधिक पदक विजेता हुन् । फ्लेप्सको खातामा कुल ३२ पदक छ जसमा २३ वटा स्वर्ण मात्रै छ । 
 
ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा पनि फ्लेप्सले ५ स्वर्ण र १ रजत गरी ६ वटा पदक हात पारे । यसकारण पनि फ्लेप्स ओलम्पिकमा कहलिएका खेलाडी हुन् । 
 
तर फ्लेप्स नै ओलम्पिकको होनहार खेलाडी हुन्न् भन्नलाई विचार गर्नु पर्ला की ? कयौंले नसुनेका पनि हुन सक्नछन् । ओलम्पिकमा फ्लेप्स भन्दा खतरनाख र होनाहार खेलाडी अर्के छन् ।
 
ती खेलाडीको स्वर्ण पदक नै फ्लेप्सको भन्दा झण्डै दोब्बरले बढी छ । आखिरमा को हुन सक्छन् त्यस्ता खेलाडी ? धेरैलाई कौतुहल रहला । ती खेलाडी हुन् ५२ वर्षीया अमेरिकी पौडीबाज ट्रेसा जोर्न । 
 
पारा ओलम्पिकमा सर्वाधिक ५५ पदक जितेकी जोर्नले ४१ वटा स्वर्ण मात्रै हात पारेकी छन् । जोर्नको स्वर्ण पदक मात्रै पनि फ्लेप्सको भन्दा १८ ले बढी छ । ४१ स्वर्णसँगै जोर्नको खातामा ९ रजत र ५ काँस्य पदक छ । 
 
सन् १९६४ जुन १ मा अमेरिकाको क्यालिफोर्नियास्थित ओरेन्जमा जन्मिएकी ट्रेसा जोर्न जन्मिँदै दृश्टिविहीन थिइन् । नेब्रास्का विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरेकी जोर्नले इन्डियना विश्वविद्यालबाट स्कुल प्रशासनमा स्नातकोत्तर समेत गरेकी छन् । 
 
अध्यापन पेशासँग पनि जोडिएकी जोर्नले १० वर्ष इन्डियना पोलिस पब्लिक स्कुलमा पढाइन् । फरक क्षमता भएपनि आफुलाई अरु भन्दा कहिल्यै पनि कमजोर नठान्ने जोर्न सानैदेखि पौडीमा रुची राख्थिन् । 
 
जोर्नको पारा ओलम्पिक यात्रा भने सन् १९८० को आम्सटर्डम पारा ओलम्पिकबाट भएको हो । जोर्नले पारा ओलम्पिक अन्तर्गत आफ्नो पहिलो डेब्युमै सातवटा स्वर्ण हात पारिन् । 
 
अन्तिम पटक सन् २००० को सिड्नी पारा ओलम्पिकमा सहभागिता जनाएकी जोर्नले कुल ६ वटा पारा ओलम्पिकमा सहभागिता जनाएकी छन् । 
 
सन् १९९२ को बार्सिलोना पारा ओलम्पिकमा जोर्नले १० वटा स्वर्ण हात पारिन् । जोर्नको उक्त स्वर्ण संख्या एउटै पारा ओलम्पिक संस्करणमा जितेको सर्वाधिक स्वर्ण संख्या हो जुन कीर्तिमान हालसम्म कसैले तोडेका छैनन् ।
 
कीर्तिमानकै कुरामा जोर्नले सन् २००० को सिड्नी पारा ओलम्पिकमा पौडी अन्तर्गत विभिन्न विधामा ८ वटा विश्व कीर्तिमान रचेकी छन् । जोर्नले पौडी अन्तर्गत ५० मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर एकल मिड्ले, ४ सय मिटर एकल मिड्ले, २ सय मिटर ब्रेस्ट्रोक, ४ गुणा ५० मिडले रिले र ४ गुणा ५० मिटर फ्री रेलेमा सो कीर्तीमान रचेकी हुन् । 
 
सन् २००० को सिड्नी पारा ओलम्पिकमा अन्तिम सहभागितासँगै पारा ओलम्पिकबाट बिदा भएकी जोर्नले पछिल्लो पाँच वर्ष यता नोबेल्सभिल्लीस्थित नोबेल्सभिल्ली उच्च स्कुलमा विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएकी छन् । 
 
सन् २०१२ मा जोर्नलाई ‘इन्टर्नास्नल पारालम्पियन हल अफ फेम’ मा समावेश गरिएको छ । पारा ओलम्पिक हल अफ फेमले पारा ओलम्पिकको विशिष्ट खेलाडी र प्रशिक्षकहरुको संस्थागत सम्झनाका लागि स्थायी रेकर्ड राख्ने गरिन्छ । 
 
फरक क्षमता भएका खेलाडीहरुको प्रतियोगिता मानिने पारा ओलम्पिकको १५औं संस्करण यतिखेर ब्राजिलको रियो दि जनेरियोमा जारी छ । जारी रियो पारा ओलम्पिक २०१६ मा २३ खेल अन्तर्गत ५ सय २८ विधालाई समेटिएको छ । सेप्टेम्बर ७ देखि १८ सम्म चल्ने प्रतियोगितामा १ सय ६० मुलुकले सहभागिता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ