arrow

छात्रा विद्यार्थीको लागि १३ विद्यार्थी संगठनका छात्रा एकत्रित

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Student.jpeg
काठमाडौं । अस्तित्वमा रहेका १३ विद्यार्थी संगठनमा आवद्ध रहेका महिलाहरूले एउटा छुट्टै विद्यार्थी मञ्च गठन गर्ने भएका छन् । बुधबार काठमाडौंको बागबजारमा रहेको हार्दिक होटलमा बसेको १३ विद्यार्थी संघमा आवद्ध महिलाहरुको भेलाले ‘छात्रा विद्यार्थी मञ्च’ नामक भगिनी संस्थाको गठन गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघबाट मञ्चमा प्रतिनिधि बनेकी महिला नेतृ तुलसा पन्तले जानकारी दिईन् । 
 
मञ्चमा हरेक विद्यार्थी सगठनबाट ३÷३ जना प्रतिनिधिले प्रतिनिधित्व गर्नेछन् । जुन ६÷६ महिनामा नेतृत्व परिवर्तन गरिने पनि नेतृ पन्तले जानकारी दिईन् । जसमा अहिले अनेरास्ववियूकि अध्यक्ष नविना लामाले अध्यक्षता गर्ने भएकी छिन् भने नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलिया रहने तयारी गरिएको बताईएको छ । 
 
हरेक विद्यार्थी संघका अध्यक्षले तोकेको ३ जनालाई राखेर गठन गर्ने तयारी गरिएको मञ्चको आगामी नौ गते पद्मकन्या क्याम्पस बागबजारमा औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । तर प्रमुख अतिथि को ल्याउने भन्ने विषयमा भने अझै सहमति जुटेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ