arrow

अब ग्यास सिलिण्डरको मूल्य एउटै

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
gas.jpeg
काठमाडौं । सरकारले खाना पकाउने सबै ग्यास कम्पनीको सिलिन्डर मूल्य एउटै बनाउने तयारी गरेको छ ।
 
सिलिन्डरको मूल्य फरक हुँदा सर्वसाधारण ठगिएको गुनासो बढेपछि आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।
 
‘कम्पनीहरुले मनोमानी रुपमा मूल्य असुल्दै आएका छन्, छिट्टै मूल्य तोक्ने विषय कार्यान्वयन गर्न लागेका छौं,’ आपूर्ति मन्त्री दीपक बोहराले भने, ‘सिलिन्डर उत्पादक र ग्यास उद्योगीसँग मूल्यको विवरण बिहीबार नै माग्ने तयारी गरेका छौं ।’
 
नेपालभित्र तीववटा कम्पनीले सिलिन्डर निर्माण गर्छन् । ती कम्पनी एरोटेक, नेपाल सिलिन्डर र गृह लक्ष्मी हुन् । ग्यास कम्पनी ५५ वटा छन् । 
 
सिलिन्डर उत्पादक कम्पनीले सिलिन्डर मूल्य फरक रहेको बताउँदै आएका छन् ।
 
 ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य पनपरी असुल्दै आएका छन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ