arrow

धुर्मुस-सुन्तली बने पञ्चरत्ने र पार्वती, छोरी भइन् राष्ट्रपति (भिडियो)

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
dhurmus-suntali-child-movies.jpeg
काठमाडौं। हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन्। गिरान्चौर एकिकृत बस्ती निर्माणमा व्यस्त उनले आफ्नो जन्म दिनको अवसर पारेर उपहार स्वरुप फिल्म सार्वजनिक गरेका हुन्।
 
विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा फिल्मको विशेष शो गरिएको हो। नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको ज्योतिले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ।
 
बाल अधिकार र बालमैत्री समाजले देश विकासमा पुर्याउने सहयोगका विषयलाई समेटिएको ज्योतिलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन्। दिपक आचार्यको लेखनमा निर्माण भएको यस लघु चलचित्रमा धुर्मुस सुन्तलीसँगै यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अविरल अधिकारी, विपना शर्मालगायतको अभिनय छ। संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लागि युनिसेफको सहयोगमा निर्माण भएको ज्योतिलाई धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको हो। फिल्ममा हास्य खुराक र मनोरञ्जनसँगै बाल अधिकारको कुरा समेटिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन्। ज्योतिमा जुन कुराहरु देखाइएको छ त्यसको व्यवहारिक प्रयोग गर्ने उद्देश्यका साथ गिरान्चौर एकिकृत बस्ती विकास भइरहेको पनि उनले बताएका छन्। समाज बालमैत्री भएमा धेरै परिर्वतनहरु सम्भव रहेको उनको भनाई छ। चलचित्र हेरिसकेपछि बोल्ने वक्ताहरुले फिल्मको प्रशंसा गरेका छन्। फिल्ममा बालमैत्री समाज बनाउने सपना बोकेका एकजना बालक र बालिकाको सफलतालाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । चलचित्रको विशेष शोसँगै युट्युबमा पनि सार्वजनिक गरिएको छ। 
 
हेर्नुहोस् पुरा भिडियो
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ