हनिमुन

रघुनाथ ढकाल प्रकाशित मिति : २०७३ असोज ११ मंगलबार , ७,०३८ पटक हेरिएको
तस्वीर –वेब
काठमाडाै । बाबु.......... बिहे गर्नु पर्याे,  अब ।
 
हाँस्दै भने, केटी खोजी सक्नुभयो र ?
 
आज एउटा केटीकोे कुरो आ’को छ । एम.बि.एस. पढ्दै रहिछ । शील स्वभाबकी छाड्नै नहुने छन् भन्नु भाछ दाजीले । केही उत्तर नदिई आफनो कोठा तिर लागें तर म मा केटीका बारे केही सोध्ने आँट आएन । 
 
मामुले फेरी केटी हेर्न  त के भयो र चित्त बुझे बिहे गर्ने न हो । मुना ज्ञवाली हो रे नाम । ला यस्तो फोटो छ, हेर भन्दै आफ्नो मोबाईलमा भएको फोटो देखाउनु भयो ।
मैले फेसबुकमा हेरे, शंकरदेव पढ्ने, गोरी गोरी, अग्ली, मिलेको शरीर मन मनै मन पर्येा तर  भन्ने आट आएन ।
 
मामाको फोन बज्यो मोबाईलमा । मामा नमस्कार भन्न नपाउँदै,
 
भान्जा केटि कस्ती लाग्यो ? 
 
९८४१ ....७६ मा कल गरेर भेट्नुस् ।
 
मुनालाई पनि भनेका छौ ।
 
हुन्छ भनें फोन राखे,
 
मनमा कस्ती होली, भन्ने खुलदुली भई नै रह्यो धेरै पटक फोटो हेरें झन् झन् राम्री लाग्दै गयो ।
 
बिहान सबेरै उठी काठमाडांै लागे । 
 
कोठाको बास्ना हटाउन रुम स्प्रे गरेर पल्टेको छु मनले गम्भीर हुन कर गराएको छ । बिहेको लागी केटी हेर्दै छु, सबै तिरबाट स्वीकार भई सकेकी केटी, न जानेको छु न भेटेको नै छु । जिन्दगी बिताउने हो । न कतै बाहिर शील स्वभाव भित्र भित्र अर्कै पो हो कि । धेरैको बिहेपछि घरपरिवार भाँडिएको देख्छु । बिहे नगरी बस्ने कुरा पनि भएन । यस्तै यस्तै साेंच्दै छु । सोच्दा सोच्दा निदाएछु ।
एक्कासी कान्छाले ढोका ढक्ढकाउँदा पो बिउँझे ।
 
बेलुका चार बजेछ । लजाउँदै मुनालाई फोन लगाएँ । मिठो स्वरमा हुन्छ रातोभाले भेट्छु भनिन् ।
 
रातो भालेको माथि एक अर्कालाई हेर्दै ममको डल्ला मुखमा राख्दै कुरामा गफिदै छौै । उनका बारेमा जती बुझे पनि यती आजको मात्र समय थियो । भन्छन् केटाको भाग्य र केटिको चरित्र भगवानले पनि जान्दैन भने म त विचरा । तै पनि जती सक्दो बढि गफ गरेर उनको स्वभाब, आनी–बानी बुझ्न खोज्दै छु । बाहिर जाडोले मुटु ढुक ढुक बनाएको छ । 
 
सोलार लाइटको उज्यालोले बाटो उज्यालो देखिए पनि चुक पोखे जस्तो निस्पट्ट अँध्यारो छ । अँध्यारो अनि जाडोले गर्दा एक अर्काको सामिप्यतामा यात्रा गर्दै छौं । छुट्ने बेला आयो के भनौं के भनौं । सोच्दा सोच्दै मुखबाट के म सँग राजी छौ भन्ने शब्द जुरेछ । उनले हाँस्दै...... प्रतिप्रश्न के लाग्छ हजुरलाई भन्दै  मुस्काईन्  । हनुमानस्थान बाट एक अर्कालाई बिदाईका हात साथमा मिठो मुस्कानले छुट्यो । शब्दले नभए पनि आँखाले भने भेट्ने बाचा गरेकै थिए ।
 
कोठामा कान्छाले खाना बनाउँदै रैछ । हेरेर मुसुक्क हाँस्यो केही बोलेन ।
 
मनमा चैन छैन । बिस्तारामा पल्टेको छु । दिउसोको गफ सम्झँदै सोच मग्न छु । के भनुँ भनँु । फोन नआईदिए हुन्थ्यो जस्तो लागेको छ । उता बिहे गर्न राजी भईछन् । मलाई कर लाग्यो हुन्छ भन्नै ।जनै  सुपारीको काम गर्ने बेला सम्म दोस्रो पटक भेटघाट हुने मौका जुरेन पनि ।
 
काठमाडौंमा जाडो बढेको छ, केटाकेटीको जस्तो प्रेम बल्ल बसेझैँ छ । हामी बिच दिनहुँ मन खुल्ने गरी जीवनका भोगाई बारे न्यानो गफ सँगै सामिप्यता बढ्दो छ । मोबाईलको उपयोग बल्ल भए जस्तो लाग्दैछ मलाई ।
 
आज  मेरो सानो कोठामा बसेर उनले पकाएको चिया पिउँदै अत्यन्त सामिप्यतामा छौं । मन चञ्चल  भएको छ, जाडोले शरीर काँपेको छ ।  जे भै जाला भनि उनलाई अँगालोमा लिने साहस बटुलें, लजालु तरिकाले मेरो आँखामा हेरी झन् कसिलो गरी अँगालोमा बाधिइन् । आगोमा नौनी पग्लेझैँ पग्लदैछौँ । 
 
मुटु जोडले ढक ढक गर्न थाल्यो आफ्ना ईच्छा चाहना र आवश्यकताहरु पूरा हुन थाले । मन नहुँदा नहुँदै परिस्थितिले समालिन कर गरायो ।
 
दुबैको मुहारमा रणभुिमबाट भर्खर युद्ध जीतेको सिपाहीभैंm पसिनाका साथमा मिश्रित खुशी पनि थियो । मोबाईलमा घण्टी बज्यो , हुनेवालीको । उठाईन् फोन । भाई कोठामा आईसकेछ भन्दै  हतार गर्दै  लागिन्  पनि । मन हुँदा हुँदै पनि बस न यहिँ भन्ने सम्म  आँट गर्न सकिन ।
 
आज खाना बनाउन मन छैन । कान्छो चितवन झरेको छ । मनमा अनेकौँ कुराहरु खेलाउँदै, लागँे  लुम्बिनी भोजनालय तिर । कान्छाको सहयोगमा सबै साथीहरुलाई सम्पर्क गर्दैछु ।
 
त्यतिकैमा प्रकाशदाईको फोन आयो । रघु त्यस्तो गर्न हुन्थेन नि ? म डराएर रातो पिरो भए, मनमा कतै अस्ती सँगै बसेको त थाहा भएन भन्ने लाग्यो । हड्बडाउँदै दाई भोली शुक्रबार पनि छ । त्यस्तै ४ बजे तिर पुतली सडकमा भेटौंन भनी फोन राखें ।
 
प्रकाश दाई  साथीसंगै गफ गरेर बस्नु भएको रहेछ । म पुगे पछि चिनजान भयो साथीको नाम सन्तोष ,पढाउने रहेछन् दाजुसँगै रातो बंगलामा ।
बिहे गर्ने मान्छेले हो खाजा खुवाउनी भने पछि लागियो । न्युप्लाजाको किम्ची क्याफे तिर ।
 
खाजा मात्र खाने कि यसो प्याक  लिने हो प्रकाश दाई ??
 
ढिलो होला क्यारे लगाउँदा घर जान ।
 
भोड्काको प्याकमा आईस राखि मैले प्याक बनाए ।
 
दोस्रो प्याक सुरु गर्दा
 
त्यतिकैमा सन्तोषको फोन आयो.....
 
बिस्तारै आत्तिएर भन्दैछन् प्रकाश सर म त बर्बाद भए नी ।
 
रक्सीको चुश्की लिँदै प्रकाश दाईले  के भयो  र सर ?
 
मेरो  जिएफको टीकोटालो भईसक्यो रे ,म पागल भए यार ।
 
मैले भने कस्तो रै छ यार केटी पनि । के नाम हो र केटिको ?
 
मुना हो शंकरदेवमा एम. बि. एस पढ्दैछ ।
 
मेरो मनमा उत्सुकता बढ्न थाल्यो, सबै सोध्न कर लाग्यो
 
सन्तोषले रक्सी सँगै कुरा पनि थप्दै गयो । उसँगका रात र साथका कुरा गर्छ । मोबाईल निकालेर फोटा देखाउँछ । आलिङ्गनका,चुम्बनका फोटाहरु । मनकामना, दार्जिलिङ्ग, सौराहाका फोटाहरु देख्दा रनभुल्ल छु ।
 
जति सन्तोष बोल्दै जान्छ म मा त्यती नै रिस र चिन्ता बढ्दै छ ।
 
उ रक्सीको तालमा बर्बराउँदै भन्छ म उसको प्रेममा पागल भएछु, त्यो मेरो जवानीमा रमाईछ । 
 
शंका यथार्थ हँुदै गयो, रक्सी पिउँदै गएँ, बेसुरले पिउँदै गएँ । प्रकाश दाई पुरा झ्याप छन् । सन्तोष क्वाँ क्वाँ ति रोएको छ । तेस्को बिहेकै दिन जग्गेबाटै भगाम्ला नरुनुस् सर  प्रकाश दाईले भन्छन् ।
 
रातको दश बजेको छ । फोनमा लगातार मामाको घण्टी बजिरहेको छ । भोली गहना किन्न ऋद्धि सिद्धी जाने कुरा छन् । फेरी त्यसकै फोन आयो  । धेरैबेर गरी उठाईन । मेसेज पठाई । हनिमुन मनाउन एभरेष्ट क्याम्प जाने है । फोन उठाउन जाँगर नचले नि यो मेसेजको उत्तर दिने चाहना छ । के लेखम् के ?
 
नयाँ