arrow

ज्ञानेन्द्रको कलर्स र शक्तिको राइनोबीच रोचक भीडन्त, जीत कलर्सको

खेलको टुंगो सुपर ओभरले लगायो

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
EPL.jpeg
काठमाडौ । जारी एभरेष्ट प्रिमियर लिग ईपीएलमा शुक्रवार ज्ञानेन्द्र मल्लको कलर्स एक्स फ्याटर्स र शक्ति गौचनको जगदम्बा राइनोबीच निकै रोमान्चक भिडन्त भयो । 
 
शुक्रवार भएको खेलमा हार नजिक पुगेको राइनोलाई खेलको अन्तिम ओभर फलामको चिउरा झैं साह्रो भयो । मात्र ६ बल हातमा रहेको राइनोलाई जितका लागि १४  रन चाहिएको थियो जुन उसका लागि निकै कठिनाई थियो । 
 
र क्रिजमा थिए निजामुदिन हलवाई र पवन सरफ । कसैलाई खेल फर्किन्छ भन्ने आशा लागेन । तर खेलमा जाँदु भयो । 
 
व्याटिङलाई फर्ममा लिँदै राइनोले १३ रन जोड्यो । राइनोले खेललाई आफ्नो पक्षमा पार्न नसके पनि खेललाई बराबरीमा ल्यायो । जसमा पवन सरफले अन्तिम बलमा हानेको चौका खेलको टर्निङ पोइन्ट सावित भयो । 
 
त्यसपछि नतिजा टुंगो लगाउन खेल सुपर ओभरतिर धकेलियो । सुपर ओभरमा दुवै टोलीले एक ओभर व्याटिङ् गर्छन् र सोही ओभरले खेलको नतिजा टुंगो लगाउँछ । अन्तत: सुपर ओभरमा कलर्सले बाजी मार्यो । 
 
टस जितेर व्याटिङ रोजेको कलर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पार्यो । उसका लागि टोलीका कप्तानी समेत सम्हालेका ज्ञानेन्द्र मल्ल र राजेश पुलामीले समान २९ रनको योगदान गरे । 
 
यस्तै सिदान्त लोहनीले १९ रन जोड्दा योगेन्द्र सिंह कार्कीले पनि १६ रन जोडे । 
 
राइनोका लागि सोमपाल कामी र निजामुदिन हल्वाईले समान ३ विकेट लिँदा शक्ति गौचनले २ विकेट लिए । 
 
१ सय १३ रनको चुनौती पछ्याउँदै जवाफी व्याटिङ थालेको जगदम्बा राइनोले निर्धारित २० ओभरमा १ सय १२ रन बनाउँदै खेललाई बराबरीमा ल्यायो । उसका लागि महेश क्षेत्रीले सर्वाधिक २२ रनको योगदान गरे । 
 
सोमपाल कामी र पवन सरफले पनि समान १९ रन जोडे । टोलीका कप्तान समेत रहेका शक्ति गौचनले १४ रन जोडे । 
 
राइनोको विकेट ध्वस्त पार्ने क्रममा कलर्सका संगम रेग्मीले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका रेग्मीले १ मेडियनसहित मात्र १२ रन खर्चेर ४ विकेट हात पारे । यस्तै योगेन्द्र सिंह कार्कीले पनि २ विकेट लिए ।  
 
जितपछि कलर्स एक्स फ्याटर्स चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको  छ । प्रतियोगितामा एक खेल मात्र जितेको जगदम्बा  राइनो भने २ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ