arrow

मासु र दशैं पर्यायवाची होईनन्

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
Dashian-meet.jpeg
काठमाडौं। नेपालीहरूको महान् पर्व दशैं र यसमा धेरैले खाने गरेको मासुको सम्बन्ध गहिरो छ । तर, दशैं र मासु पर्यायवाची शब्दको रूपमा लिने चलन पनि छ । तर यो वास्तवमा गलत हो भन्न सकिन्छ। पछिल्लो समय नेपालमा पनि शाकाहारीको संंख्या बढ्दै गएको छ । शाकाहारी बाहेक सबैले दशैंका बेला सामान्य अवस्थामा भन्दा धेरै मासु खपत गर्ने गरेका छन् । 
 
मासु खानेका लागि दशैमा मासु साँच्चै नै ठुलो महत्वको हुन्छ । अझ भन्दा आर्थिक रूपमा कमजोर अवस्था रहेकाहरूको लागि झनै दशैंको महत्व एकदमै बढी रहेको देख्न सकिन्छ । उत्सव र चाडपर्वका बेलामा खुसी साट्नका लागि र मनोरञ्जनका लागि प्रयोग गरिने जुवाताससँगै त्यसैको साथसाथमा मासु खाने प्रचलनले केही वर्ष अगाडिसम्म मासुलाई दशैंको पर्यायवाची मान्ने चलन थियो । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि सिंगै खसी काठ्ने प्रचलन अझैपनि कतिपय स्थानमा यथावत रहेको छ । तर पछिल्लो समय शाकाहारीको संख्या बढ्नुले पनि दशैंलाई मासुको पर्यायबाची अर्थबाट मेट्दै गएको मान्न सकिन्छ । 
 
मासुको फाईदा बढी छ भन्नेहरूले यो कुरा पनि बुझ्नु आवश्यक रहेको छ कि मासु मानव स्वास्थ्यका लागि कतिसम्म खतरनाक हुन सक्छ । धेरैजसोले मासु कहाँ र कस्तो ठाउँमा काटिन्छ भन्ने वास्तै नगरी मासु खरिद गर्ने गरेको पाइन्छ । यस्तो प्रचलन विशेषगरी काठमाडौं उपत्यकामा दशैं मनाउनेहरूको लागि लागू हुन सक्छ । 
 
अझसम्म पनि विभिन्न हाटबजारमा साथै गाउँघरमा राँगा, खसी, सुँगुर र कुखुराका मासु साइकल र गाडामा हालेर नछोपिकनै बाटोभरी रगत चुहाउँदै लैजाने गरेको दृष्य पनि देखिन्छ । त्यस्तै चौबाटोमा केहीले पनि नछोपी झिंगा भन्काएरै मासु बेच्ने पसलहरु पनि अनगिन्ती छन् । यस्तो चेतनाका कारण पनि कतिपयले दशैंमा खाएको मासुले अस्पतालको बास भएको घटना पनि हामीले हाम्रै वरपर देख सकिन्छ । त्यसैले पनि हामी दशैंलाई मासुको पर्यायवाचीको रूपमा मान्ने होईन कि शाकाहारी दशैं मनाउन पनि चिकित्सकहरूले सुझाव दिने गरेका छन् । 
 
खानैपरे कस्तो मासु खाने ? 
दशैंको मासु राम्रोसँग पकाएर मात्रै खान चिकित्सकहरुले सुझाव दिएका छन्। राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु जिउँदै शरीरभित्र पस्ने र मानिसलाई हानी गर्ने उनीहरुको भनाइ छ। मासु खानुअघि खसी, भेडा स्वस्थ भए नभएको एकीन गर्न पनि चिकित्सकहरुको सुझाव छ। दशैंको समयमा मासु प्रयोग अधिक हुने भएकाले यसको सेवनमा ध्यान दिन डाक्टरहरले सुझाव दिएका छन्।
 
मासु सेवनले कति फाईदा गर्छ र कति बेफाईदा गर्छ ?
वास्तवमै मानिसका लागि मासु सेवनले कति फाईदा गर्छ र कति बेफाईदा गर्छ यो बहसकै विषय हो। तर विश्व जनसंख्याको ९० प्रतिसत मानिसको रुची मासुमा हुनु, विकसित देशका नागरीकहरुको आहारामा ३० प्रतिसत हिस्सा मासुले ओगट्नु र मासुसँगै जोडिएको पशु तथा पंक्षि पालन, पुशपंक्षिका लागी आहाराका व्यवसाय, पशुपंक्षिको औषधि उपचार तथा मासुको कारोबारले ओगट्ने अर्थतन्त्रको ठूलो हिस्साले मासु खानु र नखानुले विशेष महत्व राख्छ । अरुले खाईदिएको मासुले कति मानिसको गुजारा चलिरहेको हुन्छ रु मासु नखाँदा पशुपंक्षि पालन केका लागि गर्ने भन्ने सामान्य तर गम्भीर विश्लेषण गर्न हामी चुक्नु हुदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ