arrow

आज विजया दशमी, यो दिनलाई किन भनियो विजया दशमी ?

logo
प्रकाशित २०७३ असोज २५ मंगलबार
Dashian-final-1.jpeg
काठमाडौं। आज नवरात्रिको दशौं दिन अर्थात् दशेंको एकदमै महत्वपूर्ण दिन विजयादशमी । नवरात्रिको दशौ दिन हो विजयादशमी अर्थात नेपालीहरूको महानपर्वको महान् दिन । नयाँ उत्सव र उत्सव मन र शक्तिको समन्वय गराउने दिन ।
 
नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ विजयादशमीको दिन । आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ‘विजय’ नामक मुहूर्त हुन्छ । यो काल सर्वकार्य सिद्धिदायक हुन्छ । यसकारण पनि यसलाई विजया दशमी भनिएको हो ।
 
आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमी तिथिलाई विजयादशमी  बुझ्नुपर्छ । षोडशोपचारले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरिन्छ । तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीनवटा प्रतिक राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमराले पूजा गरी आरती र पुष्पाञ्जली गरिन्छ ।
 
चन्दन, अक्षता, फूल छर्कँदै नजानेर गरेको गल्तीमा माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरिन्छ । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ ।
 
अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अबीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिने प्रचलन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ