arrow

चेल्सी र आर्सनल नकआउट चरणमा, अन्तिम १६ को समीकरण पूरा

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
chelsea @.jpg.jpeg
एजेन्सी । इङ्गलिश क्लब चेल्सी र आर्सनल च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेका छन् । बुधबार राति भएका समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धीलाई हराउँदै यी दुई अन्तिम १६ मा पुगेका हुन् । यो संगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।
 
समूह ‘जी’ को खेलमा चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–० ले हरायो । इङ्गलिश प्रिमियर लिगमा संकटबाट गुज्रिरहेको चेल्सी समूह विजेता बन्दै च्याम्पियन्स लिगको नक आउट चरणमा पुगेको हो । समूह ‘जी’ अर्को खेलमा ईजरेलको मकाबी तेल अभिभलाई १–० ले हराउँदै युक्रेनको डाइनामो किभ  अन्तिम १६ पुग्यो । 
 
यस्तै, इङ्गलिश क्लब आर्सनल र इटालियन क्लब एएस रोमा र बेल्जियमको गेन्ट समेत अन्तिम १६ मा पुगेका छन् । समूह ‘एफ’को खेलमा ग्रिसको ओलम्पियाकोसलाई ३–० ले हराउँदै आर्सनल नक आउट चरणमा पुग्यो ।  समूह ‘एफ’ कै अर्को खेलमा शीर्ष स्थान कब्जा गरेको जर्मन क्लब बायर्न म्युनिखले क्रोएसियन क्लब डाईनामो जाग्रेबलाई २–० ले हरायो । 
 
उता, समूह ‘एच’को खेलमा रुसी क्लब जेनीथ सेन्ट पिटर्सवर्गलाई २–१ ले हराउँदै बेल्जियमको गेन्ट नक आउट चरणमा पुग्यो । यसअघि लगातार ५ खेल जितेको जेनिथ समूह विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको थियो । 
 
समूह ‘इ’ को खेलमा बेलारुसको बाते बोरीसोभसँग गोलरहित बराबरी खेल्दै एएस रोमा समूह उपविजेता बन्दै नक आउट चरणमा पुग्यो । जर्मन क्लब बायर लिभरकुजेनसँग १–१ गोलको बराबरी खेलेको स्पेनिश क्लब बार्सिलोना समूह विजेता बन्दै यसअघि नै नक आउट चरणमा पुगिसकेको थियो ।यी खेलहरुसंगै च्याम्पियन्स लिगको अन्तिम १६ को समीकरण पूरा भएको छ । नक आउट चरुणको खेल तालिका आगामी सोमबार सार्वजनिक हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ