arrow

बोक्सी प्रथा अन्त्यका लागि ‘‘अग्निदहन’’

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
chalchitra-agnidahan-aaramva.jpeg
काठमाडौं । सामाजिक विषयमा आधारित चलचित्र ‘अग्निदहन’को शुभारम्भ गरिएको छ । आईतबार रिपोर्टर्स क्लबमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन गरेर समाजको जल्दोबल्दो विषयका रुपमा रहेको बोक्सा बोक्सी कुप्रथालाई लिएर नेपाली चलचित्र अग्निदहन निमार्ण गर्न लागेको जानकारी गराएको छ । 
 
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समाजलाई परिवर्तन गर्नु छ भने रुढीवादी मान्यताको उन्मुलन गर्नुपर्ने हुन्छ भन्दै समाज बदल्न नसकिने तर समाजको सोच बिचार र मान्यता अवश्य बदल्न सकिने बताए । उनले भने ‘तत्काल छायांकन हुन लागेको नेपाली चलचित्र अग्निदहन शिक्षा, सुचना र मनोरञ्जनको त्रिवेणी बन्ने छ । यो चलचित्रले नेपाली समाजमा रहेको कुप्रथा बोक्सी प्रथा जरै देखि उखेलेर फाल्नको लागि नयाँ तरंग ल्याउने छ ।’
 
उनले अघि थपे, ‘यो बोक्सी प्रथा नेपालमा मात्र नभएर भारत, श्रीलङका, बङगलादेश लगायत देशमा अझै पनि कुप्रथाको रुपमा रहेको हुँदा कलाकारहरूले गहन भएर अभिनय गर्ने हो र गुणस्तरीय बनाउने हो भने यो चलचित्रलाई अन्य देशमा प्रर्दशन गर्न सकिन्छ ।’ 
 
सचिव थपलियाले यस्ता सामाजिक विषयमा आधारित चलचित्रलाई कर मुक्त बनाउने आफुहरूको लक्ष्य रहेको बताएका छन् । उनले निमार्ण अगावै चर्चामा रहेको नेपाली चलचित्र अग्निदहन कर नतिर्ने पहिलो नेपाली चलचित्र रहेको पनि जानकारी दिए ।
 
कार्यक्रममा बोल्ने क्रममा अग्निदहन चलचित्रका निर्देशक घनश्याम लामिछानेले यो विषयमा बन्न लागेको चलचित्र पहिलो हुने भन्दै आफुले सक्दो न्याय दिने प्रण गर्दै भने, ‘साहित्यकार, गीतकार, कथाकार, उपन्यासकार लगायतले यो बोक्सी प्रथाको बिषयलाई प्राथमिकता दिएका छैनन्, अब हामी यस विषयलाई गहन भएर चलचित्रमा उर्ताने छौ ।’
 
त्यस्तै संस्थाका संरक्षक भुवनेश्वर शर्मा पौडेलले आफुहरूको अभियान अब चलचित्रको माध्यायबाट सुरु भएको जनाएका छन् । कोविदशरण उपाध्यायले यो चलचित्र सामाजिक बिषयमा आधारित भएकाले समाजमा रहेका विकृतिलाई निमिट्यान्न पार्ने विश्वास व्यक्त गरे । आगामी १० बर्षभित्र बोक्सी कुप्रथाको अन्त्य गराउने यस महान अभियानमा साथ दिन सरकारी तथा गैर–सरकारी संघ संस्थालाई ऐक्यवद्धता जनाउन आग्रह गरेका छन् । 
 
यस चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने जिम्मा सगरमाथा टेलिभिजन एव्म नेपाल दर्शन टेलिभिजन अमेरिकाका सिइओ रामचन्द्र खरेलले यस्ता चलचित्र बनेकोमा खुसि व्यक्त गर्दै भने “नेपाली समाजमा रहेका कुप्रथालाई हटाउन सबैले आ आफ्नो ठाँउबाट लाग्नु पर्छ । ”         
गैर–सरकारी महासंघ नेपालका वरिष्ठ उपाध्याक्ष कृष्ण गौतम, गायिका तुलसा जिसी, श्रीभद्र पौडेल लगायतले आफ्ना कुरा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ