arrow

माल्टामा विमान उडेको केही बेरमै खस्यो, सवार पाँचै जनाको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
biman-durghatana-malta.jpeg
एजेन्सी । टापु राष्ट्र माल्टामा विमान दुर्घटना हुँदा सवार पाँचै जनाको मृत्यु भएको छ । माल्बाट लिवियास्थित मिसरटाका लागि उडेको विमान उडेको केही बेरमै दुर्घटना भएको विमानस्थल स्रोतलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । 
 
विमानस्थल अधिकारीहरुको प्रारम्भिक जानकारी अनुसार सो विमान इयु बोर्डर एजेन्सी ‘फ्रोन्टेक्स’ का अधिकारीहरुलाई लिन गएको थियो । विमान दुर्घटना स्थलबाट आगोको झिल्का र ठूलो धुँवाको मुस्लो आएको अधिकारीहरुले जनाएका छन् । 
  
दुर्घटनापछि माल्टा विमानस्थलले तत्काललाई आफ्नो सबै उडान रद्ध गरेको वेबसाइट मार्फत जानकरी दिएको छ । दुर्घटनामा मरेकाहरुको तत्काल पहिचान खुल्न सकेको छैन । ‘ट्वीनप्रोप मेट्रोलिनर’ उक्त विमानको सिट क्षमता १० जना हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ