arrow

दिल्लीमा बम विस्फोट, १ जनाको मृत्यु, ५ घाइते

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
dilli-news-aaja.jpeg
काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ बजारस्थित एक अन्न बजारमा मंगलबार भएको बम विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ५ जना घाइते भएको प्रहरीलाई उदृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन् ।
 
विस्फोट स्थानीय समय अनुसार बिहान ११ बजे भएको थियो । केही प्रतक्षदर्शीहरुले जिकिर गर्दै विष्फोट हुनुपूर्व आफुले एक व्याक्तिले मदिरा बिडीको संकास्पद झोला बोकेको देखेको बताएका छन् । 
 
विष्फोटको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । यद्यपि, प्रहरीले सिलिन्डर विस्फोट भएको हुनेसक्ने पनि बताएको छ । विष्फोटले केही पसलहरुमा समेत क्षति पुगेको छ । अहिले त्यस क्षेत्रका मानिसहरु निकै डराएका स्थानीय सभाका सदस्य सुरेखा गुप्ताले बताएका छन् । 
 
घटनाको दिल्ली प्रहरीको ‘एन्टी टेरोरिस्ट सेल’ ले अनुसन्धान गरिरेहको छ । -एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ