- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मानव वेचविखन तथा ओसारपसार एवं ठगीमा संलग्न मोस्ट वान्टेड भनिएका व्यक्ति पक्राउ परेका छन् । विभिन्न बहाना तथा प्रलोभन देखाई नेपालको विभिन्न नाकाहरुबाट भारतको दिल्ली हुदै कुवेत, ओमन, कुर्दिस्तान लगाएतका मुलुकहरुमा लैजाने भनि हामिहरुलाई वेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न पाचँथर आङस्राङ –३ का छत्र बहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।
उनी हाल भारतको दिल्ली स्थित द्धारका मोडमा बस्दै आएका छन् । ३९ वर्षीय छत्र बहादुरविरुद्ध पीडितले महानगरीय अपराध महाशाखामा उजुरी दिएपछि खोजी भएको थियो । अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले निजलाई वुधबार ललितपुर बागडोल क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका छत्र बहादुरलाई मानव वेचविखन तथा ओसारपसार मुद्दामा कारबाहिको लागि महानगरीय प्रहरी परीसर काठमाडांैमा राखिएको छ ।
उनले विगत १५ वर्ष अघि देखि मानव वेचविखन तथा ओसारपसारमा संलग्न रही नेपालको विभिन्न नाकाहरुबाट भारतको दिल्ली हुँदै कुवेत, ओमन, कुर्दिस्तान लगाएतका मुलुकहरुमा महिलाहरु लाई लैजाने गरेको, सो प्रयोजनको लागि आफु भारतको दिल्लीमा बसी दिल्लीलाई नै केन्द्र बनाई नेपाल, ओमान, कुवेत, कुर्दिस्तान लगायतका मुलुकसम्म प्रत्यक्ष संजाल विस्तार गरी संगठित रुपमा मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको भनि अनुसन्धान बाट देखिएको छ ।
यस्तै, उनले बाग्लुङ बोबाङ–३ का वीर बहादुर अदै समेतका ४ जना व्यक्तिहरु बाट क्यानडा पठाईदिन्छु भनि ६० लाख भन्दा बढि रकम लिई भारतको दिल्लीसम्म लगि अलपत्र पारीकोे, लमजुङ बेसिशहर नगरपालिका –१३ का राजन घिमिरे र उदयपुर पन्थावलि–९ का नारायण प्रसाद अधिकारीलाई दुबईमा सेक्युरिटि गार्डमा काम लागाई दिन्छु भनि ७ लाख रुपैया लिई दुबईमा अलपत्र पारेको समेत खुलेको छ । साथै उनले नुवाकोट विदुर –५ का प्रेम बहादुर राईलाई सिसेल पठाई दिन्छु भनि १० लाख ठगि गरेको समेत अनुसन्धान बाट खुल्न आएको छ ।
उनी महानगरीय अपराध महाशाखाको मोस्ट वान्टेड सूचीमा रहेको र उनको समूहमा रही विभिन्न देशहरुमा संगठितरुपमा रोजगारीमा पठाउने भनि मानव वेचविखन तथा ओसारपसार एवं ठगीमा संलग्न व्यक्तिहरुको बारेमा समेत अनुसन्धान कार्य जारी राखिएको महशाले जनाएको छ ।
बरामद सामानहरु:
- विभिन्न व्यक्तिहरुको नाममा जारी भएको राहदानी थान -१०
- नगद रु.१ लाख २९ हजार
- मोबाईल थान - २
- मो.सा. थान १ (बा ३० प ३३१९, कालो पल्सर)
-विभिन्न बैंकका ATM थान - ८
- विभीन्न बैंक तथा IME का भौचरहरु थान -१२
- विभिन्न बैंकका चेक बुकहरु थान - २
- डायरी थान - १
विभीन्न व्यक्तिहरुका फोटोहरु थान -७