arrow

उड्नै लागेको विमानमा आगो दन्किएपछि......

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
ameracain-air-aaglagi.jpeg

एजेन्सी । अमेरिकाको सिकागोमा रहेको ओहार अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नै लागेको विमानमा आगलागी भएको छ ।

विमानमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगो लागेको हो । अमेरिकी एयरलाइन्सको राष्ट्रिय ध्वजावाहक ७६७ विमानको दाहिने भागमा आगो लागेको बताइएको छ । विमानको दुई नम्बर इन्जिनमा आगो लागेको विमानस्थलमा खटिएको अग्नि नियन्त्रण प्रमुख टिमोथी सामपीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

मायामीका लागि उडान भर्न लागेको विमानमा आगो लागेपछि धावनमार्ग सकिनु पूर्व नै रोकिएको थियो । एक सय ६१ यात्रु र चालक दलका ९ सदस्य गरी विमानमा एक सय ७० जना थिए । आगो लाग्ने वित्तिकै यात्रुको भागाभाग परेको प्रदक्षदर्शीले अधिकारीहरुलाई सुनाएका छन् । भागदौग मच्चिँदा २० जना सामान्य घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ