arrow

भन्सार कार्यालयबाट आधा किलो सुनसहित धामी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
TIA-custom-1.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन् । उनले टीभीभित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ