arrow

रोनाल्डोको ह्याट्रिकले मड्रिड बिजयी, बार्साले तीन अंक जोड्यो

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
Ronaldo_alves.jpeg
काठमाडौं। क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले रिायल मड्रिडले अलेभ्सलाई ४-१ गोलले पराजित गरेको छ। रोनाल्डोले ह्याट्रिक गरेको भए पनि एउटा पेनाल्टीमा गोल गर्न सकेका थिएनन्। 
 
खेलको ७औं मिनेटमा अलेभ्सका डेवर्सनले गोल गर्दै मड्रिडलाई स्तबध पारेको थियो। १७औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 
 
खेलको ३३ र ८८औं मिनेटमा  रोनाल्डोले गोल गरेका थिए। खेलको ८४औं मिनेटमा अल्वेरो मोराटाले गोल गरेका थिए। 
 
त्यसैगरि बार्सिलोनाले ग्रानाडालाई १-० गोलले पराजित गर्दै तीन अंक जोडेको छ। खेलको ४९औं मिनेटमा राफिनाले गरेको गोल नै निर्नायक रहेको थियो। 
 
एथ्लेटिको मड्रिडले मालागालाई ४-२ गोलेल पराजित गरेको छ भने सेभियाले स्पोर्टिङ गिजोंसँग १-१ गोलको बराबरी गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ