arrow

म्यान्चेस्टर सिटीसँग बार्सिलोनाको लज्जास्पद हार

मेसीले जम्मा १ गोल गरे

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
messi-ko-1-goal-matra.jpeg

एजेन्सी । नाम चलेका क्लबहरु आर्सनल, पेरिस सेन्ट जर्मेन पीएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्दा बार्सिलोनाले लज्जास्पद हारे व्यहोरेको छ ।

स्पेनिश लिग ला लिगामा समेत संघर्ष गरिरहेको बार्सिलोनाले इङ्गलिश क्लब म्यान्चेस्टर सिटीसँग मंगलबार राति ३–१ को लज्जास्पद हार व्यहोरेको हो । च्याम्पियन्स लिगमा बार्सिलोनाको यो पहिलो हार हो । यसअघिका तीन खेल भने उसले जितेको छ । तीन खेलबाट ९ अंक जोडेको बार्सिलोना शीर्ष छ भने गोल अन्तर भने अरुको तुलनामा निकै माथि छ ।

खेलमा सिटीका लागि ईके गुन्डोगानले दुई तथा केभिन डे ब्रायनले एक गोल गरे । । पराजित टोली बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले एक गोल फर्काए । यसैबीच, बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–२ ले हराउँदै इङलिश क्लब आर्सनलले (राउण्ड अफ सिक्सटिन) अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

आर्सनललाई विजयी गराउन ग्रानिट झाका, ओलिभर जिरु र मेसुत ओजीलले १–१ गोल गरे । सोही समूहको अर्को खेलमा स्वीट्जरल्याण्डको एफसी बाजललाई २–१ ले हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी समेत अन्तिम १६ मा पुगेको छ ।

च्याम्पियन्स लिगको समूह डी बाट एथ्लेटिको मड्रिड र बायर्न म्युनिख नक आउट चरणमा पुगेका छन् । स्पेनको एथ्लेटिको मड्रिडले रुसको एफसी रुस्तोभलाई २–१ ले हराउँदा जर्मनीको बायर्न म्युनिखले नेदरल्याण्ड्सको पिएसभी आईन्दोभेनलाई २–१ ले पराजित गर्‍यो ।

पोर्चुगलको बेनिफिकाले युक्रेनको डाईनामो किभलाई १–० ले हराउँदा टर्कीको बेसिक्टास र ईटालीको नापोलीले १–१ गोलको बराबरी खेले ।

Manchester City recorded a superb 3-1 victory over Barcelona on Tuesday evening

Ilkay Gundogan's brace and a magnificent Kevin De Bruyne free-kick handed the hosts victory

Raheem Sterling has been transformed under the guidance of Guardiola this season

Lionel Messi continued his remarkable goal scoring record against City on Tuesday night

City were once again punished by a number of dubious decisions throughout the match

Pep Guardiola kept his cool throughout the match even after the hosts took the lead



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ