arrow

कलाकार संघमा बोगटी अध्यक्ष, सदस्यमा भोक लाग्योदेखि हर्के हवल्दारसम्म

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
Winner.jpg.jpeg
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि शनिवार बेलुकासम्म भएको निर्वाचनमा अध्यक्ष पदमा रामकेशर बोगटी बिजयी भएका छन् । संघका निवर्तमान सचिव समेत रहेका बोगटीले १४ औं साधारणसभाबाट निकटतम प्रतिद्वन्द्वी लय संग्रौलालाई ७८ मतले पराजित गरेका थिए । अर्का अध्यक्षका उम्मेद्वार विशाल विष्टले जम्मा १० मतमा नै चित्त बुझाउनु पर्यो ।

निर्वाचनमा बोगटीले २३८ मत पाए भने संग्रौलाको पक्षमा १६० मत खस्यो । २१ सदस्यीय नयाँ कार्यसमितिको चुनावमा उपाध्यक्षद्वयमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भए । जसमा रेजिनाले १८१ मत र  ताम्राकारले २७७ मत प्राप्त गरे । 

त्यस्तै महासचिव पदमा सरिता लामिछानेले २२५ मत प्राप्त गर्दै विजयी स्थान हासिल गरिन् भने उनका प्रतिद्वन्द्वी कृष्ण ढुंगानाले १७१ मत पाए । सचिव पदमा १९६ मतका साथ चेतबहादुर सिंह बिजयी हुँदा उनका प्रत्यासी सञ्जय खतिवडाले १८८ मत पाए । त्यस्तै कोषाध्यक्षमा बिमला केसी २०४ मतका साथ बिजयी भइन् भने उनका प्रतिस्पर्धी आकाश खवासले १९० मतमा चित्त बुझाए ।

सदस्यमा अभिनेता गजित विष्टले अन्य पदाधिकारीलाई उछिन्दै सदस्य पदममा सर्वाधिक २८७ मत पाए । अन्य सदस्य तर्फ शिवहरी पौड्याल, सविन श्रेष्ठ, देविराम पराजुली ‘भोक लाग्यो’, अशिष्मा नकर्मी, विष्णुप्रसाद सापकोटा ‘हर्के हवल्दार’, कविता गेलाल शर्मा, शिवहरी नेपाल बैरागी र धनबहादुर बमजम सदस्यमा निर्वाचित भए । सह-कोषाध्यक्षमा अभिनेत्री नन्दिता केसी यसअघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ