arrow

मिस ई कलेजमा २० सुन्दरी

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
Audition-pic-(16).jpg.jpeg
काठमाडौं । सिजन मिडिया प्रा.लि.ले गत ६ वर्षदेखि आयोजना गर्दै आएको ‘मिस ई कलेज’को छैटौं संस्करणमा २० सुन्दरी छनौट भएका छन् । शनिवार राजधानीमा आयोजित अडिसनमा उनीहरु छनौंट भएका हुन् । कलेजमा अध्ययनरत युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको  लागि सहयोग पु¥याउने र समाज उपयोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले कार्यक्रमलाई निरन्तरता दिईएको संस्थाका प्रमुख प्रदीपराज वन्तले बताए ।

उनका अनुसार उपत्यकामा रहेका ३० भन्दा वढि विभिन्न कलेजहरुवाट छात्राहरूको आवेदन आएकोमा पहिलो अडिसनवाट २० जना प्रतियोगीहरु छनौंट भएका थिए ।  पहिलो चरणको छनोटमा क्याम्पीयन एकाडमीका प्रिन्सीपल नविनमान श्रेष्ठ, मिस ई–कलेज २०१३ की विजेता प्रज्ञा लामिछाने तथा म्यूजीक भिडियो डाइरेक्टर समन अधिकारी निर्णायक थिए ।

छनौंट भएका सुन्दरीहरुलाई पौष १ गतेबाट शारारिक फिटनेश ,फोटो सेसन  व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने आयोजकले जनाएको छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन् भने माघको पहिलोे साता फिनाले हुनेछ । 

विजेताले शीर्ष ताजसँगै एकलाख ६० हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति, नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट १५ हजार बराबरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ