arrow

एचआइभी सङ्क्रमितका लागि एआरटी केन्द्र

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
STOPhiv.jpeg
बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र ९एआरटी० बिहिबारदेखि सञ्चालनमा आएको छ । 
 
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको छ ।
 
 एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए । 
 
बैतडीको तल्लोस्वराडमा नियमित एआरटी खाँदै आएका १७ जना एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमितले एआरटी औषधि सेवन गर्नका लागि जिल्ला अस्पतालमा आउनुपर्ने बाध्यता अब टरेको छ । 
 
यससँगै बैतडीमा दुई ठाउँमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएका छन् । बिहीबार एक कार्यक्रमबीच औषधि वितरण केन्द्रको उद्घाटन गरिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ