arrow

मुखर्जी भ्रमण : ‘नेपाललाई हेर्ने पुरानो चस्मा फेर्न सक्नुभो भने सफल, नभए विफल’

इच्छा लागेका ठाउँ पठाइयो, दोहोरो प्रोटोकलले छलफल गरेन

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
BY-BY-mukharji.jpeg

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति मुखर्जीको नेपाल बसाई भव्य रहयो भन्नेमा शंका रहेन ।

यद्यपि, राष्ट्रपतिको भ्रमण दौरान पनि पुरानै कुराहरुले महत्व पाएकामा परराष्ट्र जानकारहरु चिन्तित छन् । उनीहरुले भ्रमण आवश्यक थियो भनेका छन् । यद्यपि, यो भ्रमणको तयारी र शैलीबारे भने शंका जनाएका छन् । त्यति मात्र होइन भारतीय राष्ट्रपतिलाई भ्रमण कार्यक्रम तय गर्नु अघि सोधिएको बारे समेत विज्ञहरुको शंका छ ।

पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले १८ वर्ष पछि भएको यो भ्रमण आवश्यक र महत्वपूर्ण भन्छन् । यद्यपि, स्वागत गर्ने मुलुक (सिसिभ कन्ट्रि) नेपालको प्रोटोकलले दोहोरो छलफलमा भ्रमण कार्यक्रम तय गरेको भन्नेबारे पाण्डेले शंका मानेका छन् ।

उनले भने, ‘दुवै देशको तर्फबाट भ्रमण तय गर्नु अघि प्रोटोकल चिफहरुको सल्लाह हुन्छ ।दुवै पक्षको भ्रमण टोलीले भ्रमण गर्ने व्यक्तिलाई सोधरे के गर्न सकिन्छ के गर्न सकिँदैन भन्ने निधो गर्दछ । राष्ट्रपति वा प्रधानमन्त्रीको इच्छाको आधारमा भ्रमण कार्यक्रम कहिल्यै बन्दैन । यहाँ त्यस्तो भए जस्तो लाग्दैन ।’ शंक गर्ने ठाउँछ । राष्ट्र प्रमुखले मुख्य धार्मीक तथा ऐतिहासिक स्थलको भ्रमण गर्ने भन्ने नै हो । तर यहाँ मुखर्जी पशुपति नाथ र जनकपुर गए । लुम्बिनी गएनन् भन्ने प्रश्न उठ्यो ।

पूर्व मन्त्री पाण्डेले भने, ‘गएको भए राम्रो हुन्थ्यो । पशुपति नाथको दर्शनमै पनि भिन्न कुराहरु आए । निधारमा टिका, फुल, माला केही नभएको पनि कुरा आयो ।’ यद्यपि, आलंकारिक राष्ट्रपतिको रुपमा रहेका मुखर्जीको भ्रमणलाई चर्चा नै गर्नु पर्छ भन्ने लाग्दैन । जे भएपनि भ्रमणको कार्यक्रम र एजेण्डा तय गर्दा होमवर्क हुनै पर्छ ।


सम्बन्धकै रटान
पूर्वमन्त्री पाण्डेले सम्बन्धमा चिसोपन आएको कुरा पछिल्लो जनभावनाले देखाएको बताए । उनले भने, ‘नेपालमा केही मान्छे बाहेक सबै राष्ट्रवादी नै छन् । सम्बन्ध त टोली बेटीको कथा सम्झे भइहाल्यो । तर, अहिले भएको के हो ? भन्ने सन्दर्भमा भारतले हेर्ने नजरले प्रष्ट देखाइरहेको छ ।

अहिले सम्म भएको विभिन्न भेट, छलफलमा संविधानकै विषयले मात्रै चर्चा पाइरहेको छ । मुखर्जीको भ्रमणमा पनि त्यही कुरा दोहोरियो । कसरी भन्ने की सम्बन्धमा नयाँ आयाम आउँछ भने ? पाहुना वा घरकै मान्छेले संविधानको विषयमा चर्चा गरिरहनु पर्ने कुनै आवश्यकता छैन ।’ मुख्य कुरा भ्रमणका एजेण्डा तय हो । भ्रमण गराउनु मात्रै महानता होइन, पाण्डेले अगाडि थपे, ‘एजेण्डाबारे नेतृत्व तहमा छलफ भएन । राष्ट्रिय आवश्यकताको कुरा खै महशुस गरेको ? त्यसबारे एक ढिक्का भइ छलफल भएको छ जस्ता मलाई लाग्दैन ।’ मुखर्जी कार्यकारी होइनन् तर, पनि हुनु पर्ने विषयमा छलफल भएन की ? पाण्डले –भने ।

अब सम्बन्ध सुध्रिन्छ त ? कसरी थाहा पाउने सम्बन्ध सुध्रिएको ?
पाण्डेले परिस्कृत ढंगले भने, ‘भ्रमण सफल भए नभएको । सम्बन्ध सुध्रिए नसुध्रिएको भारतले नेपाललाई हेर्ने पुरानो चस्मा फेरिएपछि मात्रै थाहा हुन्छ । अहिले नै भ्रमण सफल भयो भन्न मिल्दैन र थाहा पनि हुँदैन । मुखर्जी भ्रमण गर्नु भो जानु भो । भ्रमणको नतिजा उहाँले भारत सरकारलाई नेपाललाईप्रति कति संवेदनशील बनाउनु हुन्छ त्यसपछि मात्रै थाहा हुने हो ।’

फेरि पनि पाण्डे जोड दिँदै भने, ‘नेपाललाई हेर्ने पुरानो चस्मा फेर्न सक्नु भो भने भ्रमण सफल, नभए असफल ! नेपाललाई हेर्न अब नयाँ चस्मा आवश्यक छ भन्ने महशुस भारत सरकारले गरेको देखिनु पर्छ । भारतले नयाँ चस्मा लगायो भने सम्बन्ध पनि सुध्रिएको मान्नु पर्ला ।’ जसरी मुखर्जीले नेपाललाई चिनेको भनेर भन्नु भएको छ त्यसरी चस्मा फेर्नुभो भने नेपाली नागरिको भारतप्रतिको सद्भाव फिर्ती सहजै हुन्छ ।
 

अब उच्चस्तरीय भ्रमण नियमित हुन्छन् भन्न सकिन्छ ?
हुनु पर्ने हो, पाण्डेले भनेका छन्, ‘विगतमा समय समयमा भ्रमण हुनु पर्नेमा हुन सकेनन् । मुखर्जीले १८ वर्षपछि भ्रमण गर्नु भयो । यो उहाँको नेपालप्रतिको माया हो । उहाँ धार्मीक कर्मठ व्यक्तित्व पनि । अब पनि भ्रमण नियमित हुनु पर्छ ।

भ्रमण हुनु भनेको एक अर्काबीचका असझ्दारी हटाउनु, द्विपक्षीय हितका विषयमा कुरा गर्नु, चित्त नुझेका कुराहरु सच्याउनु, दुवैको पक्ष विपक्ष केलाउनु भ्रमणको विशेषता हो । यो आवश्यक हो । भइरहनु पर्छ ।’ तर, भ्रमण औपचारिकता लागि हुनु भएन । भ्रमण हुनु पहिले एजेण्डा तय हुनु पर्छ त्यो पनि ताजा र अर्थपूर्ण ।

भारत र नेपालबीच भेट बाक्लिएको हो ?
पूर्वमन्त्री पाण्डेले भने, ‘मुखर्जी १८ वर्षपछि आउनु भो । प्रधानमन्त्री १७ वर्षपछि आउनु भो । २३ वर्ष देखि हुन नसकेको परराष्ट्रमन्त्रीस्तरीय बैठक भरखरै दिल्लीमा भयो । जो नेपालले आयोजना गर्नु पर्ने थियो । हुन सकेको थिएन । प्रवुद्ध समूहको बैठक समेत भयो । यो राम्रै मान्नु पर्दछ । यद्यपि, सरकार यसैमा गर्व गरेर बस्नु गलत हो ।

नकपुर र पोखरा जानुको अर्थ ?
जनकपुर धार्मी र ऐतिहासिक स्थल हो । त्यसमा बढी चर्चा आवश्यक छैन । पोखरा लामो समय भारतका लागि लडेका भूतपूर्व आर्मीहरुको आवाज सुन्नु पर्छ भन्ने उहाँको चासो थियो । गोर्खाहरुका परिवारलाई आफुहरुले केही गर्न नसकेको हो की भन्ने मनन गरेरै पोखार रोजेको जस्तो लाग्छ, पाण्डेले भने, ‘गोर्खाहरुले आफुहरुले लगानी गरे अनुसारको सुविधान पाउनु पर्छ भनिरहेकामा उनीहरुको आवाज सुन्न पोखरा पुगेका हुन् ।’ यसमा अन्य अर्थ छ जस्तो लाग्दैन । मुखर्जीले विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भारत स्वतन्त्र हुँदा नेपालले गरेको योगदानलाई पटक–पटक सम्झिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ