arrow

प्रहरीमा सुशासन

सरुवा भएका ठाउँमा नजाने प्रहरीलाई कारबाही [पत्रसहित]

पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका दर्ताका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो । 

रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ