arrow

सन्नीलाई आपत: श्रीमान्‌ले काटे बेड सिन, निर्माता भन्छन्- 'कहाँ उजुरि गर्नु, कहाँ अदालत जानु'

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
ch-24.jpeg
एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनीका श्रीमान् डेनियल बेवरलाई आफ्नो श्रीमती अरुसँग रमाइलो गरेको पटकै मन परेको छैन । सो कुराको खुलासा सन्नी लियोनीको चलचित्र ‘बेईमान लव’ का निर्माताले गरेका छन् । निर्माता राजीव चौधरीका अनुसार  सन्नीका श्रीमान् डेनियल वेबरले चलचित्रमा रहेको दुई बटा बेडरूम सीन काट्नको लागि दबाव दिएका थिए ।
 
डेनियलले निर्मातालाई सन्नी ले चलचित्रमा के के नगर्ने सोको लिस्ट पठाएका थिए । राजीव चौधरीले भने, 'मैले चलचित्रमा रहेको दुई बटै बेडरूम सीन हटाए , किनकि सन्नीका श्रीमान् डेनियल बेवरले त्यो उनलाई शूट नगर्ने बताए । उनि चाहान्थे उक्त सीन किचनमा सुट गरियोस । ‘मस्तीजादे’ पछि उनले स्किन शो नगर्ने फैसला गरेका छन् ।' 
 
राजीवले थपे - 'मेरो ठुलो करपोरेट हाउससँग सम्बन्ध छैन। त्यसैले व्यक्तिगत निर्माता भएको कारण म कसैसँग लड्न सक्दिन । कहा उजुरि गर्नु र अदालत जानु । त्यसैले मैले उनको सर्त माने र चलचित्र पुरा गरे । तर  बेडरूम सीनमा केहि प्रेम जगाउने भाव पनि थिए , त्यसमा धेरै एक्सपोज पनि थिएन । त्यसमा पनि उनले आपत्ति जनाए हामिले त्यो सिन पनि हटायौ ।त्यो सीनले सिंगल स्क्रीन थिएटर्सबाट कमाई गर्न सक्ने थियो । मैले चलचित्र बनाउन निकै मेहनत गरे तर कलकारले मसँग को-अपरेट गरेनन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ