arrow

माग सम्बोधन नभए आन्दोलनमा उत्रिन्छौ : अध्यक्ष यादव

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
upendra-yadav-600x0.jpg.jpeg
इनरुवा। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन नभए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 
 
सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले आइतबार आयोजना गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्। 
 
सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत गरेकोतर्फ इङ्गित गर्दै अध्यक्ष यादवले आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताए । 
 
अध्यक्ष यादवले सरकारले अघि बढाउन लागेको संविधान संशोधनको प्रक्रियाप्रति विश्वास गर्ने वातावरण बन्न नसकेको समेत बताए । नेता यादवले दाहाल नेतृत्वको सरकारले छठलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि मधेसका मुद्दा सम्बोधन हुनेमा आफूहरु विश्वस्त नरहेको जिकिर गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ