arrow

संविधानमा उल्लेख धर्म निरपेक्षताको व्यवस्था जनमत सङ्ग्रहमा लानु पर्छ : शशांक

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
shashank-new-hundu.jpeg

नेपालगन्ज  । काँग्रेस महामन्त्री शशांक कोइरालाले राजनीतिक सहमतिबाट संविधान संशोधन भएपछि मात्र निर्वाचनमा जान सकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘मधेस केन्द्रित राजनीतिक दलहरूलाई राजनीतिक सहमतिमा ल्याउन संविधान संशोधन पहिलो शर्त भएकाले पनि स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन त्यसपछि मात्र संम्भव हुन सक्छ ।’ महामन्त्री कोइरालाले अंगीकृतलाई संवैधानिक पद दिने र सरकारी काम काजको भाषा हिन्दी विषय कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने समेत बताए ।

महामन्त्री कोइरालाले राज्यले संविधानमा धर्म निरपेक्षताको व्यवस्था गरे पनि यो विषय जनमत सङ्ग्रहमा लानुपर्नेमा विशेष जोड दिए । महामन्त्री कोइरालाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नेबारे पहिले देखि आवाज उठाइरहेका छन् । महामन्त्री कोइरालाले नेपाली काँग्रेस प्रजातन्त्रको मियो भएकाले मुलुकको सङ्घीय लोकतान्त्रिक प्रजातान्त्रिक व्यवस्थालाई कसैले मास्न नसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ