arrow

संविधान कार्यान्वयनको विषय संविधान संशोधनसँग जोड्नु हुँदैन:ओली

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
oli-new-pic.jpg.jpeg
दमक (झापा) । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताएका छन् । 
 
झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने बताए । उनले भने,“विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनुहुँदैन, अबको समय भनेको विकास र संमृद्धिको हो ।” 
 
ओलीले मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयन गर्न दलीय सहकार्य जरुरी भएकाले यसमा एमालेले सधैँ रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले थपे,“संविधान कार्यान्वयन गर्न स्थानीय तहसँगै तीनवटै निर्वाचन गर्न लाग्नुपर्छ ।” सरकारले संविधान कार्यान्वयनको विषयलाई संविधान संशोधनसँग जोड्नु उचित नभएको अध्यक्ष ओलीको भनाइ थियो । उनले भने–“अब संविधान कार्यान्वयनका लागि जति छिटो निर्वाचन गराउन सरकारले वातावरण निर्माण गराउनुपर्छ ।” अबको स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनताको कामलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो । 
 
कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेल, सांसद दीपक कार्की, नेकपा(माओवादी केन्द्र)का झलकसिंह दर्लामी लगायतले बोलेका थिए  । नौ किलोमीटर लामो सो सडक  ९ करोड ३७ लाखमा ठेक्का लागेको थियो । दुई वर्षभित्र पूरा हुने सो सडक कालोपत्रे भएपछि धरमपुर हुँदै महाभारतसम्म आवतजावतमा सुविधा पुग्ने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ