arrow

राम मन्दिरको प्राण प्रतिष्ठामा वरूण चौधरी विशेष अतिथि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
barun-chaudhary-2080-10-07.jpg

अयोध्या । विश्वभरका हिन्दूहरूको बहुप्रतिक्षित भारतको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १२ः २० बजेको समयमा हुने प्राण प्रतिष्ठा कार्यक्रममा विश्वभरका हिन्दूधर्माबलम्बीका प्रतिनिधिहरु उपस्थित हुनेछन् । 

आठ हजार जनाका लागि निम्तो गरिएको छ । ५० देशका प्रतिनिधिसमेत सहभागी हुँदैछन् । जसमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका एकमात्र डलर अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छा छोरा वरुण चौधरी पनि सहभागी हुने भएका छन् । 

आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई विशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । 

कार्यक्रममा नेपालका वरुण चौधरीको उपस्थितिले अन्तर्राष्ट्रिय महत्व बढेको जनाइएको छ । केही समयअघि उनले बागेश्वर बाबालाई नेपाल ल्याएर हिन्दूहरूको ठूलो जमघट गराएका थिए ।

अयोध्याको मुटुमा यस शुभ अवसरलाई मनाउने कार्यक्रमले भारत भित्र मात्रै होइन, विश्वभरका अनुयायीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष निरज शाह बताउँछन् । उनी भन्छन्, ‘राम मन्दिर प्राण प्रतिष्ठा समारोह भक्तहरूको लागि एक ऐतिहासिक क्षण हो,  अयोध्यामा अवस्थित यस मन्दिरले हिन्दूहरूका लागि ठूलो धार्मिक र सांस्कृतिक महत्त्व राख्छ, र यसको निर्माण वर्षौंदेखि छलफल, विवाद र समाधानको केन्द्रविन्दु भएको छ ।’

राम मन्दिर प्राण प्रतिष्ठा समारोह हिन्दू समुदायको दृढताको प्रमाणको रूपमा रहने छ । विश्वभरका विभिन्न पृष्ठभूमिका हिन्दू व्यक्तिहरूलाई यस ऐतिहासिक क्षणमा साक्षी र भाग लिन एकसाथ निमन्त्रणा गरिएको छ । 

नेपालबाट करिब ३०० जनालाई निमन्त्रणा गरिएको बताइए पनि पहिचान भएको छैन । उक्त प्राण प्रतिष्ठा नेपालका पुजारीले नै गराउँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ