arrow

सिक्किमीकरणको बाटोमा प्रचण्ड !

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
PRACHANDA_NEPAL_268477e.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड सरकारले गत शुक्रबार १०० दिन पूरा ग¥यो । सो उपलक्ष्यमा प्रचण्डले पत्रकारहरु भेला पारी मच्चिएर झुठो बोले । 
 
उनले सरकारले तीन सय दिनमा गर्न नसक्ने काम सय दिनमा गरेको बताए । हुन पनि यति धेरै झुठ र जनतालाई मुर्ख बनाउन वर्षौं मेहनत गर्नुपर्छ । प्रचण्डले सजिलै सय दिनमा गर्न सके । प्रधानमन्त्री बनेको महिनामै भूकम्पपीडितलाई पहिलो किस्ता दिने घोषणा गरेका प्रचण्डले त्यति काम फत्ते गर्न सय दिन लगाए । 
 
त्यतिमात्र होइन प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि संविधान संशोधन थालेर तत्काल संविधान कार्यान्वयनमा लाग्ने बताएका थिए । तर त्यसलाई अहिलेसम्म सुरुसमेत गर्न सकेका छैनन् । 
 
प्रचण्डले सय दिनमा गर्न सकेको काम भनेको दुई पटक भारत जानु नै हो । त्यतिमात्र होइन भारतमा गएर दण्डवत् गरी नपुगेको काम भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई घरमै बोलाएर समर्पण गर्नु हो । 
 
उनले भारत जे चाहन्छ त्यही गर्छु भनेर बसेका छन् । यो काम तीन सय दिनमा पनि अरुले चाहेर नगर्न सक्छन् ।  मधेसी मोर्चाको समर्थनले प्रधानमन्त्री बने पनि उनले अहिलेसम्म संविधान संशोधनका लागि पहलसमेत नथाल्नु उनको मुख्र्याइँ हो । 
 
त्यसो त गत शुक्रबार उनले भनेका थिए, ‘भोलि वा पर्सी नै संविधान संशोधनका लागि दर्ता हुन्छ ।’ तर दुर्भाग्य मुलुक उकुसमुकुस भएका बेलामा शनिबार प्रचण्ड रिफ्रेस हुन पुगेका छन् । यसले नै जनाउँछ उनी कत्तिको गम्भीर छन् । 
 
तर उनले आफ्नो मन्त्रीपरिषदलाई पूर्णतासमेत नदिएको अवस्थामा जनतालाई तीन वर्षमा बाँड्नुपर्ने योजना तीन महिनामा बाँडिसकेका छन् । योजना बाँडेर हुने भए माओवादीले तेस्रो पटक सरकारको नेतृत्व गरेको छ । 
 
१० वर्षे सशस्त्र युद्धमा मारेका मान्छे नपुगेर प्रचण्डले अहिले पनि सिटामोल र जीवनजल नबाँडेर गरिबलाई मारिरहेका छन् । सर्वहारा वर्गको नेताका नाममा कलंक बन्दै माओवादी अधिकांश नेताका काठमाडौंमा महल छन् । 
 
प्रचण्डले बोलेका कुराको विश्वास गर्ने हो भने मुलुक अहिले नै स्वीट्जरल्याण्ड बन्छ । तर उनले सिक्किमीकरण गर्न खोजिरहेको आरोप लाग्न थालेको छ । प्रचण्डको झुठको खेतीप्रति औंला ठडाउँदै भन्न थालिएको छ, ‘मधेसीकै बलमा प्रधानमन्त्री बन्यौ, संविधान कहिले संशोधन गर्छौ ?’ 
 
यसको प्रमाण मधेसी नेताहरु नै हुन् । उनीहरुले प्रचण्ड झुठा भएको बताएका छन् । पछिल्लो समय कमै बोल्ने तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलेसमेत संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको भन्ने प्रधानमन्त्रीको भनाइ झुटो भएको बताएका छन् । 
 
अध्यक्ष ठाकुरले सरकारले ल्याउन लागेको संविधान संशोधनको मस्यौदाको ‘कन्टेन्ट’ को बारेमा हालसम्म मधेसी मोर्चासँग छलफल नभएको बताए । जबकि प्रचण्डले संविधान संशोधनको मस्यौदा बाँडिसकेकोसमेत बताएका थिए । 
 
प्रचण्डको हर्कतप्रति आजित भइसकेका मधेसी नेताहरुले आफूहरुको सहमति बिना संविधान संशोधन भए स्वीकार्य नहुनेसमेत बताएका छन् । यसको मतलब के हो भने प्रचण्डले फेरि पनि धोका दिने कुनै नयाँ उपाय सोचिरहेका छन् । 
 
मधेसी नेताहरुले सरकार र मधेसवादी दलबीच भएको तीन बुँदे सम्झौताअनुसार संविधान संशोधन हुनुपर्ने प्रष्ट पारेका छन् । त्यसो त मधेसी नेताहरु पनि सरकारमा जान लालायित थिए । 
 
तर उनीहरुको इच्छामाथि तुसारापात गर्दैै प्रचण्डले यहाँसम्मको यात्रा तय गरेका छन् । प्रचण्डले जसरी सय दिन पार गरेका छन् यसैगरी जनतालाई झुक्याउन सके भने १० वर्ष नै राज नलर्गान् भन्न सकिन्न । 
 
किनकि जनतालाई भोलिको खुवै माया छ । भोलिको आशा बेच्न प्रचण्ड खप्पिस छन् । त्यसो त एमालेले प्रचण्डको कामप्रति असन्तुष्टि पोख्दै आएको छ । प्रचण्डका सय दिन उपलब्धीविहीन भएको एमालेको ठहर छ । एमालेले संविधान संशोधन गर्न नसकिने अडान लिएको छ । 
 
तर पछिल्ला केही समयमा प्रचण्ड र केपी ओलीको भावभंगी मिल्दै गएको छ । यसले कतै संविधान संशोधनमा सहमति नमिल्ला भन्न सकिन्न । किनकि हामी धेरै असहमतिबीच थोरैमात्र क्यामेस्ट्री मिले पनि जीवन नै मिलेको अनुभूति गर्छौं । (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ