arrow

नाफामा टेलिकम

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको छ । गत वर्ष यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अहिले उक्त आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ । 

त्यसैगरी वित्तीय आम्दानी पनि ३ अर्ब ९५ करोडबाट घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

यता कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४७ रुपैयाँ २८ पैसा रहेको यसको प्रतिशेयर आम्दानी अहिले घटेर ४३ रुपैयाँ ६८ पैसामा झरेको छ । यसको प्रतिशेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ