arrow

ललिता निवास जग्गा प्रकरण

नेता चोखिएर कर्मचारी र अन्य दोषी ललिता निवास जग्गाको फैसलामा के छ ? [फैसलासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
dhanbahadur-karki-speaker-s.jpg

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी पाइएका छन् । जसमा नेता जति चोखिएका छन् भने कर्मचारी र अन्य दोषी पाइएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते दर्ता गरेको मुद्दामा विशेष अदालतले बिहीबार फैसला गरेको हो । 

सो फैसलाअनुसार नेता चोखिँदा कर्मचारी र अन्य दोषी पाइएका हुन् । फैसालअनुसार उक्त सबै १३६ रोपनी जग्गा सरकारको नाममा फिर्ता हुने भएको छ । विशेष अदालतले २०२१ सालमा प्रकाशित राजपत्रको सूचनालाई काट्ने अर्को सूचना जारी नभएको भन्दै त्यसमै टेकेर फैसला गरेको हो । 

यससँगै व्यक्तिसँग खरिद गरी जग्गाको लालपूर्जा रहेकासहित ६५ जनाको जग्गा जफत हुने फैसला भएको छ । यदि उनीहरुलाई आफ्नो जग्गा बापतको क्षतिपूर्ति चाहिने हो भने कानूनअनुसार बिक्रीकर्तासँग क्षतिपूर्ति दाबी गर्नुपर्ने हुन्छ । 

२३ दिनसम्म निरन्तर सुनुवाइपछि अदालतले फैसला सुनाएको हो । ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाइ विशेष अदालतमा अभियोग दायर भएको थियो ।

अख्तियारले अभियोग दायर गरेको चार वर्षपछि विशेष अदालतले सरकारी जग्गा हिनामिना गरेको ठहर गर्दै दोषी उपर कारबाही फैसला गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ