arrow

उपत्यकाका थप ७ क्लिनिकमा झुण्डियो स्वास्थ्य मन्त्रालयको ताला

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
moph-health-1.jpeg

काठमाडौं । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार थप ७ ओटा क्लिनिकहरुमा सिलबन्दी गरिदिएको छ । दर्ता नै नभई संचालन भईरहेका र दर्ता भएर पनि नविकरण नभएका क्लिनिकहरुलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो ।

स्वास्थ्य मन्त्री गगन कुमार थापाको विषेश चासोमा काठमाडौ र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि दुई दिन गरेको अनुगमनका क्रममा १३ वटा क्लिनिकमा तालाबन्दी गरिसकेको छ ।

व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा. रामराज पन्थीको नेतृत्वमा उपत्यकामा खटिएको टोलीले वुधबार मात्रै ६ वटा क्लिनिकमा तालाबन्दी गरिदिएको छ, भने दुई वटालाई २४ घण्टे पुर्जी दिएको छ । २४ घण्टा भित्रमा आवश्यक प्रक्रिया पुरा नभएमा तालाबन्दी गरिने डा पन्थीले जानकारी दिनुभयो ।

सिलबन्दीमा पर्नेमा काठमाडौं बालाजुको नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेण्टल क्लिनीक, अल्का डेण्टल होम, ओशो आशिक डेण्टल क्लिनिक, ओम प्राकृतिक डेण्टल क्लिनिक र वाईपास पोली क्लिनिक छन् ।

यस्तै, बालाजुकै नोवेल डेण्टल होम र सम्राट पोली क्लिनिक एण्ड मेडिकल सेण्टरलाई २४ घण्टे पुर्जी दिएको डा. पन्थीले बतए । अनुगमन गरेका मध्ये अधिकांश डेण्टल क्लिनिकहरु अवैध रुपमा संचालन भरहेको पाइएको बताए ।

टोलीले वुधबार चौध वटा निजी स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्वमा रहेको अर्को टोलीले ललितपुरका १६ ओटा नीजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ । ती मध्ये रचना अर्थो न्युरो रिह्याविटेशन सेण्टरमा तालाबन्दी गरिएको चिकित्सा महाशाखाका कृष्ण सुवेदीले जानकारी दिए ।

तीन दिन देखि अनुगमनमा खटिएका दुवै टोलीले विहिबार पनि विभिन्न ठाउँमा अनुगमन गर्दै अवैध रुपमा संचालन भइरहेका क्लिनिकहरुमा सिलबन्दी गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ