arrow

युरोपमा कांग्रेसको जनसम्पर्क सक्रिय, नेताहरु गरिमा बढाउन भ्रमणमा

logo
दीपक भण्डारी, 
प्रकाशित २०८० फागुन १९ शनिबार
congress-leaders-lisbon.jpg

पोर्चुगल । नेपालको इतिहासको राजनीतिको विरासतलाई जोगाइ राख्न नेपाली कांग्रेसले युरोपका केही देशहरुमा रहेका नेपालीहरुलाई गोलबन्द गर्दै जानु पर्दछ भन्ने उद्धेश्यका साथ जनसम्पर्क समितिहरुले धमाधम कार्यक्रम गरिरहेका छन् । 

नेपालमा पछिल्लो समयमा उम्रेका नयाँ पार्टीहरुको कारण पनि पुरानो इतिहास बोकेको कांग्रेसलाई प्रवाससम्म बलियो बनाउने उद्धेश्य रहेको जन सम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थी बताउँछन् । 

हालसम्म नेपालमा भएका ठूला ठूला परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्व रहेको विरासतलाई बिसर्न नहुने उनको भनाइ छ । यही उद्धेश्यका साथ शुक्रबार राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरिएको छ । 

उक्त कार्यक्रममा भाग लिनको लागि नेपालबाट कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश संसदीय दलको नेता तथा बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामा, कांग्रेस काभ्रे जिल्ला सभापति एवं बागमती प्रदेशको खानेपनी उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामा तथा केन्द्रीय सदस्य नानुमाया बस्तोलाको उपस्थितिमा बृहत् अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भएको नेपाली जनसम्पर्क समिति पोर्चुगलका सदस्य सज्जन हमालले बताए ।

जनसम्पर्क समिति पोर्चुगलले शुक्रबार औपचारिक कार्यक्रम गरी उनीहरुलाई पोर्चुगलमा निमन्त्रणा गरेको हो ।

लिस्बनको कार्यक्रमपछि नेताहरु बेल्जियम जाने कार्यतालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ