arrow

पोर्चुगल पुगेका कांग्रेस नेताहरुलाई जनसम्पर्क समितिका तीन सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
congress-leaders-lisbon.jpg

पोर्चुगल । पोर्चुगल पुगेका नेपाली कांग्रेसका नेताहरुलाई नेपाली जनसम्पर्क समिति पोर्चुगलले तीन ओटा सुझाव दिएको छ । ती सुझावहरुमा आगामी चुनावमा प्रत्येक नेपाली कांग्रेसको सदस्यले रुखमा मत हाल्न पाउने अधिकारबाट वञ्चित गर्न नहुने, वंशजको नागरिकतालाई निरन्तरता दिने र विदेशमा रहेका नेपालीहरुको पूँजी, दक्षता र सीपको उपयोग गर्ने नीति पार्टीले अख्तियारी गर्नुपर्ने र जनसम्पर्क समितिको ग्लोबल समिति र क्षेत्रीय समिति तत्काल निर्माण गर्नुपर्ने रहेका छन् । 

नेपालको इतिहासको राजनीतिको विरासतलाई जोगाइ राख्न नेपाली कांग्रेसले युरोपका केही देशहरुमा रहेका नेपालीहरुलाई गोलबन्द गर्दै जानु पर्दछ भन्ने उद्धेश्यका साथ कांग्रेस नेताहरु युरोप भ्रमणमा छन् । 

पोर्चुगलको उक्त कार्यक्रममा भाग लिनको लागि नेपालबाट कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश संसदीय दलको नेता तथा बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामा, कांग्रेस काभ्रे जिल्ला सभापति एवं बागमती प्रदेशको खानेपनी उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामा तथा केन्द्रीय सदस्य नानुमाया बस्तोला उपस्थित रहेका थिए । 

जनसम्पर्क समिति पोर्चुगलले शुक्रबार औपचारिक कार्यक्रम गरी उनीहरुलाई पोर्चुगलमा निमन्त्रणा गरेको हो । नेपालमा पछिल्लो समयमा उम्रेका नयाँ पार्टीहरुको कारण पनि पुरानो इतिहास बोकेको कांग्रेसलाई प्रवाससम्म बलियो बनाउने उद्धेश्य रहेको जन सम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थी बताउँछन् । 

हालसम्म नेपालमा भएका ठूला ठूला परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्व रहेको विरासतलाई बिसर्न नहुने उनको भनाइ छ । यही उद्धेश्यका साथ शुक्रबार राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ