arrow

सत्ताबाट हात धुनु परेपछि देउवाले बोलाए पदाधिकारी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
deuba-congress-mahasamiti-meet-2080-11-07-.jpg

काठमाडौँ । सत्ताबाट हात धुनुपरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । 

देउवाले आफ्नो निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । 

केही बेरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । 

आजै माओवादीसँगको गठबन्धन टुटेको छ ।  

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई सत्ता गठबन्धन टुक्रने निश्चित गरेर एमालेसँग सहकार्य गरेका छन् । 

आजै एमाले र माओवादी सम्मिलित नयाँ गठबन्धन सरकार बन्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ