- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।
कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै आज पहिलो बैठक बस्ने भएको हो ।
आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो ।
जसअनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम भोलि फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका थिए ।