arrow

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्‍यो संसद अवरुद्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
congress-parliament-12-02.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदहरुले  सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै संसद अवरुद्ध गरेका छन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रमुख प्रतिपक्ष संसदमा उभिएपछि बैठक अवरुद्ध हुने भन्दै प्रमुख प्रतिपक्ष उभिएपछि भाषणबाजी गरेर नौलो काम भएको बताए । 

उनले कुनै पनि मन्त्री छानबिनको घेरामा रहेको भए सरकारमा बसिरहनुको औचित्व नहुने नजिर यसअघिकै संसदमा प्रधानमन्त्रीले भनिसकेको भन्दै अब फेरि त्यसलाई दोहोर्याउनु गलत भएको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै आरोप लागेकालाई मन्त्री नबनाउने भनेपछि यसलाई पालना नगर्दा फेरि प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको अपमान गरेको ठहर्ने पनि लेखकले बताए । 

उनले प्रधानमन्त्रीले आफूले भनेको कुरा पालना गर्ने कि प्रतिपक्षलाई वेलमै बोलाएको हो ? भन्दै प्रश्न गरे । 

के भनेका थिए प्रचण्डले संसदमा फागुन २४ र फागुन ३० गते ? यी समाचार पनि हेरौँ –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ